पर्थ फेब्रुवरी १३,
बिद्दयाकी अधिस्ठात्री सरस्वतीको पूजा आराधना गर्दै शनिवार देश बिदेशमा श्रीपंचमी मनाइयो । यसै क्रममा पश्चिम अस्ट्रेलियाको पर्थमा पनि श्रीपंचमी अर्थात सरस्वती पूजाको अवसर पारेर “नावा”को आयोजनामा भिभिन्न पूजा आराधाना गरेर स्थानिय रिभर भेल कम्मुनिटी हलमा सरस्वती पूजा तथा सोनाम ल्होसार र गेल्पो ल्होसार मनाइयो ।
कार्यक्रममा नावाका अध्यक्ष श्री आङ दावा शेर्पा, उपाध्यक्ष डा मणि पनेरु, निवर्तमान अध्यक्ष डा बिष्णु देवकोटा, पशुपथिनाथ बौद्धनाथ मन्दिरका अध्यक्ष श्री यादव शर्मा साथै नेपालबाट आउनुभएका अभिभावक लगाएत सबैजनाले सरस्वतीको तस्विरमा माल्यार्पण गर्नु भएको थियो l साथै स-साना नानु बाबुलाई सिसाकलमले अक्षर लेख्न सिकाइएको थियो भने बाल बालिकाहरुले आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए । दिवा समय अनुसार ३ बजे शुरु भएको सो कार्यक्रममा पर्थका नेपाली समुदाएको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नावाका अध्यक्ष श्री आङ दावा शेर्पाले नेपाली भाषा पाठशालाबारे पनि अभिभावक तथा सदस्यहरुलाई जानकारी दिनुभयो ।
श्री पंचमी को दिनमा अभिभावकहरुले आफ्ना बाल बालिकालाई सरस्वतीको मन्दिरमा लगेर कलमले अक्षर लेखाउने चलन समेत छ l