निरज छेत्रि
उनी !
अपरिचित थिईनन्
परिचित पनि भईनन्
समय बदलिईदा
ति यादहरु
कुनै कुनामा
बाटाे हेर्दै मेराे
इशारा कुर्दै थिए कि
तिनै यादहरुकाे दामन
सजाई रहेका थिए..
चन्द्रमा पनी
दुरी मैं रहदा
हर रात एक नज़र
भाग्यमै परेकाे यथार्थता
कसरी मेटिन्थ्याे र!!
पखालेर जाेडेकाे
याे नया बस्ती
याे हर्दयमा
परबाट प्रहार मैं
जुन तारा झैँ
चम्किन खाेज्दै
तारा तारा का बीच बाट
त्यही आवाजमा
आे !
मलाई सम्झीन्छाै ..
कतै,
बिर्सीयाै क्यार..!
सायद म,
बृहस्पति देखिए पनी
मंगलमा पसि सकेका
मेराे जीवनी
जहाँ म संग गासिएका
मबाट
निर्मीत तारा हरु लाई
देखिनन् क्यार
मैले बिगतकाे अनुभूति,
सुगन्ध,
चाल नपाएझै
मनकेा बेवास्तामा
मनलाई बढार्दै
मनकै कुचाेले
कुनामा थुपारेर
रात साेच्दै काटे ।
बिहान काे मिरमिरे
शीतल पवन संगै
तन अनि मन
जुधाउदै,
टपक्क टिपी
त्याे बिगतका पलहरु
कसिलाे पारि बाधेरे
ब्ल्याक हाेल तिर
ठेलि दिए
सदा सदा का लागी
याे समय,
याे जिबन,
बिगत लाई सम्झनुमा
रमणीय हुनेछ
तर,
पछ्याउनुमा
जीवन भत्काउनु हुनेछ..
अह ! अह, मैले सुनिन तिम्राे त्याे आबाज..
साच्चै ! मैले बिर्सिएछु क्यार……