पर्थ- १७, अप्रिल २०१७
पश्चिम अस्ट्रेलियाको पर्थमा सामुदायिक भवन साथै नेपाली मन्दिर बनाउने उद्देश्यका साथ यहि अप्रिल १५ देखि १७ तारिख सम्म तीन दिनसम्म चेलेको श्रीमद्भागवत अमृत कथा वाचन आज समापन भएको छ । ३ दिनसम्म चलेको उक्त श्रीमद्भागवत अमृत कथा वाचन कार्यक्रमबाट मात्रै पर्थ मा करिब ५ लाख ५० हजार अस्ट्रेलियन डलर उठेको छ, साथै सहयोग रकम उठ्ने क्रम जारी नै छ । पर्थ र आसपासका नेपाली समुदायको स्वतस्फुर्त दानबाट सो रकम उठेको हो। अस्ट्रेलियकै इतिहासमा नै श्रीमद्भागवतबाट उठेको यो सबै भन्दा बढी रकम हो। कार्यक्रममा झन्डै १ हजारको हाराहारीमा भक्तजन र दाताहरुको उपस्थिति रहेको थियो भने दाताहरुको नामवली अनि दाताहरुले प्रदान गरेको रकमको पूर्ण बिबरण नमस्ते नेपाल अस्ट्रेलियाबाट छिटै सार्वजनिक गरिने छ ।
श्रीमद्भागवत अमृत कथा वाचन गर्नको निमित्त्व नेपालबाट भागवत भाष्कर पण्डित कमलनयन गौतमको साथमा भजन कृतन टोलि गत सात अस्टेलियाको पर्थ आउनुभएको थियो । नेपाली धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण अनि प्रवर्धन गर्नको साथै पर्थमा सामुदायिक भवन तथा पशुपथिनाथ बौद्धनाथको मन्दिर निर्माण गर्ने उद्देश्यकासाथ श्रीमद्भागवत कार्यक्रमको आयोजना गरिएको हो । साथै आयोजक पर्थ नेपाली मन्दिरका अध्यक्ष श्री यादव शर्माले श्रीमद्भागवत अमृत कथा वाचन भब्य तथा सफलतापूर्वक सम्पन्न भएको र यो पुण्य कार्यलाई मुर्तरुप दिई सफल बनाउनका लागि सहयोग गर्नु हुने सम्पुर्ण दाताहरु, भक्तजनहरु, सहयोगी हातहरु, सम्पुर्ण स्पोंसर, मिडियाकर्मी र पर्थमा रहने सबै नेपाली समूदायका आमा बुवा, दाजु भाइ तथा दिदि बहिनीहरुलाइ पर्थ नेपाली मन्दिरको तर्फबाट धेरै धेरे धन्यवाद दिनु भएको छ । साथै अध्यक्ष शर्मा अस्ट्रेलिया भरि रहनुहुने सम्पुर्ण नेपालीहरु पनि यदि यो पुण्य कार्यमा सहभागी भएर सहयोग गर्न चाहनु हुन्छ भने पर्थ नेपाली मन्दिरको निम्न खातामा आफुले चाहेको रकम सहयोग गर्नु हुन सबैमा अनुरोध गर्नु भएको छ ।
A/C Name: Pashupathinath Bouddhanath of Western Australia Inc.
BSB: 306097
Account: 0519894
Bank: Bankwes
Branch: Maddington
Photo: Namaste Nepal and Beam Creation