पर्थ /२३ मार्च , २०१७
अस्ट्रेलियन एसियन एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलियाले हार्मोनी विक को अवसरमा गत आइतवार पर्थमा मल्टिकल्चरल फुड फेस्टिवल गरेको छ । हरेक बर्ष आयोजना हुने सो कार्यक्रम पर्थ को हायड पार्कमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा बिबिन्न देशका मानिसहरुले भाग लिएका थिए। सो अबसरमा हरेक देशका कलाकारहरुले आ-आफ्नो देशको संस्कृति झल्किने भेष भुष झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।
साथै विभिन्न साँस्कृतिक कार्यक्रम, फेस पेंटिंग, मेहंदी , टाटु, नृत्य , केटाकेटी हरुका लागि मनोरन्जन लगायत विभिन्न देशहरुको फुड स्टल समेत राखिएको थियो। जसमा नेपाली रेस्टुरेन्टहरु गुर्खा नेप्लिस रेस्टुरेन्ट तथा फंकी म:म ले नेपाली परिकारहरुहरुको स्टल राखेको थियो भने नेपालको प्रतिनिधित्व गर्दै रन्जना सापकोटा तथा उनका टिमले नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांसद, एम एल ए साथै विभिन्नसँग सरकारी तथा गैर सरकारी संस्थाका उच्च पधधिकारीहरु अतिथि तथा प्रमुखको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियन एसियन एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलियाका युथ कोर्डिनेटर यम के. शी. ले कार्यक्रम अयाधिक सफल भएको र यो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरु, भोलुण्टियर तथा सहभागीहरुलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।