अनेसासका केन्द्रिय अध्यक्षसँग पर्थमा अन्तरक्रिया तथा मासिक रचना वाचन
कमल सिलवाल/पर्थ,
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पर्थ, च्याप्टरको आयोजनामा गएको सोमबार ७ मार्चका दिन पर्थमा दोश्रो मासिक साहित्यिक रचना वाचन सम्पन्न भयो। रचना वाचन सँगै पर्थका नेपाली समुदायले अनेसासका केन्द्रिय कार्यसमितीका अध्यक्ष पदम बिस्वकर्मा सँग साहित्यिक अन्तरक्रिया समेत गरे।
गत महिनाबाट बिधिवत रुपमा मासिक साहित्यिक रचना वाचन गर्न सुरु गरेको पर्थ च्याप्टरको आफ्नो नियमित सृंखला अन्तर्गतको उक्त कार्यक्रममा पर्थका साहित्यिक अनुरागी काशीराज पाण्डे, मणी पनेरु, निरज छेत्री, प्रकाश गौतम, मन्जु कोइराला, रिजा प्रधान, अस्मी ढुङेल तथा नेपालबाट आउनु भएका चोलाकान्त अर्याल र प्रमुख अतिथी पदम विश्वकर्माले आफ्नो रचना पाठ गर्नु भएको थियो।
भिकपार्क इन्डियन रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा गायक बिनोद दाहालले आफ्नो सांगीतिक प्रस्तुती दिनु भ्एको थियो भने अष्ट्रेलिया-न्युजील्यान्डब्यापी नृत्य प्रतियोगिता २०१५ की बिजेता रन्जना सापकोटा पौडेलले आफ्नो नृत्य प्रस्तुत गर्नु भ्एको थियो।
कार्यक्रममा सिड्नीमा भएको दोश्रो नेपाली महिला साहित्य सम्मेलनमा सहभागी हुन अमेरिकाबाट आउनुभएका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले प्रमुख अतिथीको भूमिका निभाउदै अनेसासको संगठनिक स्वरुप, यसको उधेस्य, हाल सम्मका बृदि र बिकास, भाबी योजना लगायत डायस्पोरामा नेपाली भाषा, साहित्य र संस्कृतिको महत्व माथि प्रकाश पार्नु भएको थियो।
वहाँले समुददायका सदस्यहरुबाट नेपाली भाषा, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न अझै के कस्ता कदमहरु चाल्न सकिन्छ भन्ने बारे छलफल गर्नुका साथै समुदायका सदस्यहरुको सुझाब लिनु भएको थियो। वहाँले साहित्यिक रचनामा रुची भएकाहरुलाई रचना प्रकाशन र प्रबर्दन गर्नमा आफुहरुले सक्दो सहयोग गर्ने पनि बताउनु भयो। कार्यक्रमका दौरान अध्यक्ष पदम विश्वकर्माले बर्तमान पर्थ च्याप्टरका पदाधिकारीहरुलाई अनेसासको आजीवन सदस्यताको प्रमाण पत्र र ब्याच प्रदान गर्नु भयो।
कार्यक्रमका बिच च्याप्टरका उपाध्यक्ष निरज छेत्री अष्ट्रेलियाबाटै पहिलो पटक अनेसासको केन्द्रिय बोर्ड अफ ट्रस्टको सदस्यमा मोनोनित हुनु भएको जानकारी समेत गराउनु भयो। कार्यक्रमका बिशेष अतिथी रहनु भएका नावाका अध्यक्ष आङ दावा शेर्पाले हाल पश्चिम अष्ट्रेलियामा नेपाली भाषाको बिकासका लागि नावाले सन्चालन गरेको भाषा पाठशाला बारे चर्चा गर्नु भयो। कार्यक्रममा एन आर एन ए पूर्व आइ सि सि सदस्य भैरब ढकाल, नावाका उपाध्यक्ष मणी पनेरु, पूर्व अध्यक्ष केदार रिजाल, बिष्णु देवकोटा, पर्थ नेपाली मन्दिरका अध्यक्ष यादव शर्मा लगायतका अतिथीहरुले आफ्नो सकृय उपस्थिती जनाउनु भएको थियो।
सस्थाका सचिव हरी अधिकारीले कार्यक्रमका दौरानमा सो कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो भने कार्यक्रम अनेसास पर्थ च्याप्टरका अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा कार्यक्रम संचालन महासचिव राजेश वुढाथोकीले गरेका थिए l