साग विजेता फुटबल खेलाडीको काठमाडौंमा भब्य स्वागत
१२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने नेपाली खेलाडीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा उत्रिएलगत्तै फूलमालासहित पुगेको हजारौं समर्थकले स्वागत गरे । उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमासमेत गराइएकाे थियो। खेलाडीलाई एयरपोर्ट, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी सङ्ग्रहालय गेट, पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याइएको छ। नगरपरिक्रमापछि रङ्गशालामा एक कार्यक्रमबीच विजेता टोलीलाई सम्मान गरिएकाे छ।
भारतको आसाम गुहावटीमा भएको सागमा नेपाली पुरुष फुटबल टोलीले २३ वर्षपछि नेपाललाई स्वर्ण पदक दिलाएको हो। साग पुरुष फुटबलको फाइनलमा नेपाली टोलीले भारतलाई २–१ गोल अन्तरले पराजित गरी स्वर्ण पदक जितेको थियो।
तस्बिरहरु : अंगद ढकाल