पर्थ , १४ मार्च २०१७ मंगलवार
कँडेल कन्सल्टेन्सी फुटबल कप २०१७ को उपाधि आयोजक यति फुटबल क्लबले आफ्नो कब्जामा पारेको छ । यो उपाधि सँगै यति फुटबल क्लबले २ हजार डलर राशी समेत हात पारेको छ । प्रतियोगितामा दोश्रो भएर ग्रानभिल राईनोजले ८ सय डलरसहित कप आफ्नो पोल्टामा पार्न सफल भयो । यसै गरि प्रतियोगितामा लायन्स फुटबल क्लब मेलबर्न तेश्रो हुन सफल भयो । अष्ट्रेलियाको प्रतिष्ठित फुटबल क्लब यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्ने ९ ए साईड राष्ट्रिय फुटबल प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यका १६ टिमको सहभागिता रहेको थियो प्रतियोगिताको फाईनल खेलमा सिड्नीको ग्रानभिल राईनोजलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै यतिले उपाधिमाथि कब्जा जमाएको हो ।
पश्चिम अष्ट्रेलियाको नेप्लीज युनाईटेड फुटबल क्लब डब्लु ए फेयर प्ले एवार्ड जित्न सफल भएको छ । नेप्लीज युनाईटेड फुटबल क्लब डब्लु ए ले लगातार तिन खेल जित्दै यति फुटबल क्लब निलोसँग सेमी फाइनलमा भिडेको थियो। खेल अबधिभर दुवै टिम आक्रामक खेलेका थिए । दुवै तर्फ़बाट कुनै पनि गोल नभएपछि पेनाल्टी सुटमा यतिसँग स्तब्द बनेको नेप्लीज युनाईटेड फुटबल क्लबको चौतर्फी प्रसंशा भएको थियो। आयोजकयति फुटबल क्लबका प्रेसिडेन्ट बम गुरुङले भन्नु भयो हामीले सोचेका पनि थिएनौ कि पर्थमा पनि यति राम्रो फुटबल क्लब होला भनेर । नेप्लीज युनाईटेड फुटबल क्लब प्रतियोगिता भरि निकै खरो उत्रेको थियो ।
(नेप्लीज युनाईटेड फुटबल क्लब डब्लु ए टिम)
नमस्ते नेपाल संग कुरा गर्दै नेप्लीज युनाईटेड फुटबल क्लब डब्लु ए. का अधक्ष्य मणि राईले भन्नु भयो हाम्रो टिमले निकै उत्कृस्ट खेल खेलेको थियो । हामि उपाधि नजिकै थियो तर खेलमा हार जित स्वभाविक हो हाम्रो खेल हेरी सके पछि धेरैले खेलको प्रसंशा गरेका थियो जुन हाम्रो लागि थप उर्जा पनि हो । प्रतियोगितामा ग्रानभिल राइनोजका रमेश बस्नेत म्यान अफ द टुर्नामेन्ट घोषित भए । यसैगरी यति फुटबल क्लबका समिर खान उत्कृष्ट गोलकिपरको उपाधि पाउन सफल भए । यस्तै ३५ बर्ष माथि को खेलमा निरज श्रेष्ठ बेष्ट गोलकपिरको उपाधि आफ्नो पोल्टामा पार्न सफल देखिए भने सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लब सिड्नीले फेयर प्ले एवार्ड जित्न सफल भयो ।
३५ वर्षमाथिका खेलाडीहरुको प्रतियोगितामा अघिल्लो वर्षको विजेता सिड्नीको माछापुच्छ्रे फुटबल क्लबले उपाधि कब्जा गर्यो । यस प्रतियोगितामा सिड्नी, मेलबर्न, पर्थ,एडिलेड, क्यानबेरा, डार्विन, तास्मानिया, अल्बरी गरी १६ टिम सहभागी थिए भने ३५ वर्षमाथिको प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । विगत चार वर्षदेखि एमआईटी प्रायोजन गर्दै आइरहेको यस प्रतियोगिताको प्रायोजन यस वर्षदेखि कँडेल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो ।