पर्थ, ३ फेब्रुवरी २०१७ – पश्चिम अस्ट्रेलियाको पर्थमा फेब्रुवरी महिना निकै व्यस्त देखिन्छ पर्थको नेपाली समुदायको चाप संगै सामुदायिक कार्यक्रमहरु पनि बाक्लिदै गैरहेका छन् ।
फेब्रुवरी ४ तारिख २ वटा कार्यक्रम आयोजना हुँदैछन् पहिलो कार्यक्रम च्यारिटि लन्च “लन्च विद आलेक्स ज़ह्न्द” जसको आयोजना फ्रेन्ड्स अफ नेपालले गर्दैछ बिहान ११:३० बजे देखि दिउसो ४ बजे सम्म चल्ने सो कार्यक्रम हिमालयन नेप्लिज रेष्टुरेण्ट एण्ड क्याफे 840 Beaufort Street, Inglewood, Perth,मा हुदैछ ।
साथै फेब्रुवरी ४ तारिखकै दिन नावाले सरस्वती पूजा र ल्होछार कार्यक्रमको आयोजना गर्दैछ। अपरान्ह ४ बजे देखि 6 बजे सम्म चल्ने उक्त कार्यक्रम स्थानीय रिभरभेल कम्युनिटी हल रिभरभेलमा हुँदैछ ।
पर्थ नेपालको बार्षिक क्रिकेट लिग अन्तर्गत पर्थ नेपाल क्रिकेट लिग २०१७ यहि ५ फेब्रुवरी बाट स्थानीय मिल्स पार्कमा बिहान ८ बजे बाट शुरु हुदैछ पर्थका चिरपरिचित ५ वटा क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने उक्त लिगको अर्को खेल मैदानको जानकारी प्रत्येक दिनको खेल पछि जानकारी गराउने आयोजक पर्थ नेपालले जनाएको छ ।
फेब्रुवरी ५ तारिखको दिन पर्थ नेपाली मन्दिरको मासिक भजन कृतन कार्यक्रम हुँदैछ अपरान्ह ३ बजे देखि ५ बजे सम्म चल्ने सो भजन कृतन क्षेत्री निवास 7 Corvina place, Caversham मा आयाेजना हुन गैरहेकाे छ ।
त्यसैगरी फेब्रुवरी ५ तारिखकै दिन पर्थको मेरी गोल्ड किड्स क्लबद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ च्यारिटी डिनर हुन गैरहेको छ । सो च्यारिटी डिनरबाट उठेको रकम धुर्मुस-सुन्तली फाउण्डेशनलाइ जाने बताइएको छ। साँझ ५:३० बजेबाट ९बजे सम्म आयोजना हुने उक्त कार्यक्रम अन्नपुर्ण नेप्लिज किचन हाइगेटमा हुने भएको छ ।
फेब्रुवरी १२ तारिखको दिन पर्थको नेपाली फुटबल क्लब नेप्लिज युनाइटेड फुट्बल क्लब पश्चिम अष्ट्रेलियाले च्यारिटी Bunnings Sausage Sizzle कार्यक्रम गर्दैछ। बिहान ८ बजे देखि ४ बजे सम्म चल्ने सो कार्यक्रम बेल्मोण्ट मा अबस्थित
Bunnings को प्रांगणमा हुने भएको छ ।
त्यसै गरि १२ फेब्रुवरीको दिनमा लिडरभिलको डोममा अपरान्ह १२ बजे देखि ३ बजेसम्म पर्थ नेपाली मन्दिरको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम हुँदैछ ।
अनि बहुचर्चित नेपाली चलचित्र लुट २ को शो २६ फेब्रुवरी साँझ ६:१५ बजे Reading Cinemas Belmont मा हुने भएको छ, र हावा इन्टरटेन्मेन्टस्ले देखाउने सो चलचित्रको टिकट दर २५ डलर तोकिएको ।