सोमबार, २ जनवरी, पर्थ – एनआरएन अष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको सहयोगार्थ एनआरएन पश्चिम अस्ट्रेलियाले यही जनवरी ८ तारीखको दिन साँझ ६ बजे लिडरभिल स्थित सुबियाको फुटबल क्लबको हलमा फन्ड रेजिंग गाला डिनर कार्यक्रम गर्ने भएको छ । साथै सो अबसरमा पर्थमा रहेका स्थानीय कलाकारहरले विभिन्न गीत संगीत तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत समेत गर्ने भएका छन।
परिवारबाट एक्लिएका र सहाराको आवश्यकता भएका जेष्ठ नागरिकहरुको लागि विराटनगर उपमहानगरपालिकामा एनआरएनले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमको लागि अर्थसंकलन गर्ने उद्देश्यले यस अघि नै अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड र मेलबर्नमा फन्डरेजिंग डिनर सम्पन्न भई सकेको छ ।
एनआरएन अष्ट्रेलियाले अभिभावकहरुको सेवा र सम्मानका निम्ति एउटा अभियान सञ्चालन गरेको छ । यो अभियानको नाम पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम हो । यस श्रद्धाश्रममा रहनुहुने आमाबुबाको लागि उच्चस्तरीय स्याहार, सुसार, माया र सम्मानको योजना बनाएको छ । यस परियोजनामा नेपाल सरकार, स्थानीय निकाय र सर्वसाधारणको समेत सहकार्य रहेको छ ।
विविध परिस्थितिका कारण केही जेष्ठ नागरिकहरु अहिले पनि हेलाँ, तिरस्कार र पछौटेपनको जिन्दगी बिताउन बाध्य भएका छन् । एनआरएन अष्ट्रेलियाले उनीहरुकै निम्ति लक्षित गरेर सुरु गरेको सामाजिक सेवाको अभियान अब सम्पन्न हुने चरणमा पुगेको छ । १० लाख सहयोग गर्ने व्यक्तिले ईच्छाएको व्यक्तिका नाममा श्रद्धाश्रममा एउटा कोठाको नामाकरण गर्ने योजना छ । यसअघि सिड्नीमा १ करोड २५ लाख रुपैयाँ क्वीन्सल्याण्डमा १८ लाख रुपैयाँ र मेलबर्नमा ३६ हजार डलर सहयोग जुटेको थियो ।
एनआरएन पश्चिम अस्ट्रेलियाका संयोजक राज थपालियाले भन्नुभयो आउनुहोस् यसै वर्षभित्र पाथीभरा परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गर्ने लागिएको यो महान कार्यमा सहभागी बनौं र सफल बनाउन आग्रह गर्दै पर्थमा बसोवास गर्ने सम्पूर्ण नेपाली समुदायमालाइ उक्त फन्डरेजिंग गाला डिनर कार्यक्रम सहभागी भैदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।
बिस्तृत जानकारीको लागि :