पर्थ ,नोभेम्बर २२, २०१६
पश्चिम अस्ट्रेलियाको पर्थमा गत शनिबार नेप्लिज युनाइटेड फूटबल क्लब डब्लु ए ले आयोजना गरेको एनुयल बल ट्रफी नाइट २०१६ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो।
पश्चिम अस्ट्रेलियाको नेपाली समुदायको शान नेप्लिज युनाइटेड फूटबल क्लबले क्लब, खेलाडीहरु र नेपाली फुटबललाई अझ माथि लानाको निमित्त यस बर्षबाट शुरु गरि हरेक बर्ष एनुअल बल ट्रफी नाइटको आयोजना गर्ने भएको छ। खेलाडीहरुको उच्च मेहनतको कदर गर्दै यसै बर्षदेखि बिभिन्न बिधामा खेलाडीहरुलाई ट्रफी प्रदान गरेको थियो ।
जसमा मोस्ट कमिटेड प्लेयर, कोच फेवरेट प्लेयर, बेस्ट किपर, मोस्ट भ्यालुयबल प्लेयर र बर्षको सर्वाधिक गोल गर्ने खेलाडी (हाइ स्कोरर)रहेका थिए साथै स्पोंसोर,संचारकर्मी भोलेन्टियर, कलाकार लगायत क्लबलाई सहायोग गर्नुहुने सहयोगीहरुलाई मायाको चिनोले सम्मान समेत गरेको थियो । नेप्लिज युनाइटेड फूटबल क्लब एनुयल बल ट्रफी नाइट २०१६ को ट्रफी जित्नेहरुमा नेप्लिज युनाइटेड फूटबल क्लब डब्लु ए का टिम क्याप्टेन दीपेन्द्र परियार मोस्ट भ्याल्युयबल प्लेयर अनि २०१६ मा हाइ स्कोरर बिधामा पर्न सफल हुनु भयो भने ‘मोस्ट कमिटेड प्लेयर’ बिधा अन्तर्गत भुवन खड्का ‘कोज फेभरेट प्लेयर’ बिधामा किरण श्रेष्ठ , र साङे ढेन्दुप ‘बेस्ट किपर’ बिधामा पर्न सफल हुनुभयो हरेक विधामा पर्न सफल खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
मोस्ट भ्याल्युयबल प्लेयरको अवार्ड ठमेल बजार कि डेल श्रेष्ठले प्रदान गर्नु भएको थियो। त्यसैगरी सर्वाधिक हाइ स्कोरर अवार्डको ट्रफी पशुपतिनाथ बौद्ध नाथ मन्दिरका अध्यक्ष यादव शर्माले प्रदान गर्नु भएको थियो यसै गरि ‘मोस्ट कमिटेड प्लेयर’ र ‘कोज फेभरेट प्लेयर’ अवार्डको ट्रफी क्लबका कोच सुभाष श्रेठले प्रदान गर्नु भयोको थियो भने बेस्ट किपर को अवार्ड मिनाज रेस्टुरेन्ट एंड क्याफेका संचालक नबिन बिडारीले प्रदान गर्नु भएको थियो यसै गरि क्लबका अध्यक्ष मनि राइले सम्पुर्ण स्पोंसोरहरुलाई मायाको चिनोले सम्मान गर्नु भएको थियो साथै नावाका अध्यक्ष आंग दावा शेर्पा, व्यबसायी तथा समाजसेवी भैरव ढकाल, एन आर एन पश्चिम अस्ट्रेलियाका संयोजक राज थपलियाले कलाकारहरु, संचारकर्मी, भोलेन्टियर, लगायत क्लबलाई सहायोग गर्नुहुने सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।
कार्यक्रम स्थलमा नमस्ते नेपालसंग कुरा गर्दै क्लब का अध्यक्ष मनि राइले भन्नु भयो हाम्रो लक्ष्य भनेको नेपाली हरुको आफ्नै खेल मैदान होस् र उत्क्रिस्ट सबै खाले प्रतियोगितामा भाग लिदै उच्च प्रदशन गरेर नेपाललाई चिनाउने हो साथै आगामी दिनहरुमा पनि हामीलाई पर्थ वासीहरुले यसै गरि माया गरिदिन आग्रह गर्दै सम्पुर्ण नेपाली समुदायलाई धन्यवाद दिनु भयो।
कुराकानी कै क्रममा नेप्लिज युनाइटेड फूटबल क्लब डब्लु ए. का कोच शुभाष श्रेष्ठले भन्नु भयो अब हामि माथि अझ ठुलो जिम्मेवारी थपिएको छ हामी यो भन्दा माथिल्लो स्तरको खेल प्रदर्शन गर्ने छौ र त्यसैको तयारीमा विभिन्न अभ्याशहरु चलिरहेको बताउनु भयो । ट्रफी नाइट कार्यक्रममा स्वदिस्ट नेपाली तथा इन्डियन परिकारहरुको व्याबथा गरिएको थियो ।
कार्यक्रमलाई थप मनोरन्जानात्मक बनाउन स्थानीय कलाकारहरुले विभिन्न गायन तथा नृत्य प्रस्तुत गर्नु भएको थियो भने उक्त उक्त कार्यक्रमको उद्घोषण संगीता बिस्ट, भुवन खड्का र सजनाले गर्नु भएको थियो ।
Photo: Namaste Nepal and NUFC
(कार्यक्रमका अन्य फोटोहरुको लागि नमस्ते नेपाल अस्ट्रेलियाको फेसबुक पेजमा जानु होला )