प्रमेश के.सी- पर्थ , अष्ट्रेलिया
बिगतमा नेपाली चल्चित्रले बनाएका रेकार्डहरुलाई क्रमश तोड्दै नेपालसगै बिदेशका भिविन्न शहरहरुमा ब्लकबस्टर भाईरहेको नेपाली चलचित्र छक्का -पन्जा चलचित्रले अष्ट्रेलियाका विभिन्न स्टेटहरुमा पनि ईतिहास कयम गर्दै सफल भाईरहेको खबरहरु आइरहेको छ।
यसै गरी पश्चिम अष्ट्रेलियाको शहर पर्थमा पनि चलचित्र छक्का -पन्जाले ईतिहास कयम गरेको छ । हावा इन्टरटेन्मेन्टस् र नेपलिज युनाईटेड फूटबल क्लबको संयुक्त आयोजनामा प्रदर्शन भएको चलचित्रले पहिलो पटक पर्थ शहरमा ३ शो पर्दसन गरेको छ। पछील्ल समयमा नेपाली चलचित्रले यति धेरै शो पएको सम्भवत यो नै पहिलो पटक भएको भन्छन हावा इन्टरटेन्मेन्टस्का इभेन्ट संयोजक प्रविन्द्र अवाले । उनी थप्छन पर्थ शहरको बेल्मोन्ट स्तिथ रिडिङ्ग सिनेमामा प्रदर्शन भएको चलचित्र छक्का -पन्जाले पूर्ण रुपमा ३ वटा शो नै हाउसफुल भएको छ ! पहिलो शो हाउसफुउल भएर चलचित्र हेर्न नपाएक दर्शकको आत्यधिक मागले गर्दा आयोजक टिमले दोस्रो शो आयोजना गरेको थियो। दोस्रो शो को पनि सम्पूर्ण टिकेटहरु बिक्री भएपछि आयोजक टिम उत्साहित भएर तेस्रो शो आयोजना गरेको थियो। तेस्रो शोमा पनि नेपाली समुदायको उल्लेखिनिया उपस्थिति देख्न सकिन्थ्यो।
पर्थ वारीपरी बसोवास गर्ने नेपाली समुदायका नेपालीहरुको बाक्लो उपस्थितती थियो। चलचित्रले पुरै समय पेट मिची मिची हसाएको प्रतिकृया दिदै अमित शर्मा भन्छन एक हप्ताको कामको थकान ३ घण्टाको चलचित्र हेरेर पूर्ण रुपमा बिर्सेको छु।एसै गरी सदिक्षा थापाको यस्तो प्रतिक्रिया छ एती राम्रो चलचित्त्र विदेशमा बसेर नेपाली समुदयको बिचमा हेर्न पएकोमा धेरै खुशी भएकी छु। साथै आयोजकलाई धन्यबाद दिदै फेरी फेरी पनि राम्रा नेपाली चलचित्र एसैगरी नेपाली समुदायमाझप्रदर्शनगर्न सुझाब दिनछिन।
छक्का -पन्जा चलचित्रको प्रदर्शनबाट निक्कै उत्साही भएको हावा-इन्टरटैन्मेन्टले आगामी दिनहरुमा पनि राम्रा चलचित्रहरु पर्थमा प्रदर्शन गर्ने प्रतिबद्ध गरेको छ। साथै आयोजकले सम्पूर्ण नेपाली समुदयलाई उल्लेखिनिया उपस्थिति भएर साथ् दिनुभएको हार्दिक आभर प्रकट गर्दै आगामी दिन्हरुको लागि अझ धेरै नेपाली इभेन्टहरुलाई निरन्तरता दिन हौसला र उर्जा थपिएको बताएका छन्।
छक्का -पन्जा कलाकार दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र हो। निरौला द्वारा निर्देशित यो पहिलो चल्चित्रमा कलाकार दीपक राज गिरी , प्रियान्का कार्की ,जितु नेपाल (मुन्द्रे ) ,शिवहरी पौडेल ,केदार घिमिरे (मागने बुढा), बुद्धि तमाङ्गका साथै अन्य धेरै कलाकारको अभिनय हेर्न पाइन्छ ! चलचित्रले ग्रामीण भेगका ४-५ जना युवाहरुको दिन् -चर्या र तिनीहरुका समस्यालाई बढो रोचक ढंगले पस्तुत गरेको छ।
पर्थको पहिलो चलचित्र शो मा नमस्ते नेपाल अष्ट्रेलियाका लागि प्रमेश केसीले नमस्ते नेपाल अस्ट्रेलियाको फकेबूक पेजबाट प्रत्यक्ष प्रसारण गरी उपस्थित दर्शकहरुबाट चलचित्र छक्का -पन्जाबारे प्रतिकृया लिएका थिए।