मंजु तिवारी अर्याल , पर्थ
मानिसका अनेकौ इच्छा चाहना हुन्छन, त्यस्ता चाहना मध्ये कम व्यक्तिले मात्रै सर्वोच्च हिम शिखर चढने जस्तो ठुलो सहासिलो इच्छा पालेको भेटिन्छ। त्यस्तै महत्वकांक्षी चाहाना संगालेकाहरु मध्ये एक हुन् डिल्लीराम पराजुली। हाल उहा अस्ट्रेलियाको पर्थमा बसोबास गर्दै आउनु भएको छ। जीवनका अनेक आरोह अवरोह पार गर्दै जाने क्रममा उहा १८ बर्षकै उमेरमा नेपाल सरकारको शसस्त्र प्रहरी बलको सेवामा प्रवेश गर्नु भयो।
आफ्नो सरकारीको जागिरको सिलशिलामा सोलखुम्बु जिल्लामा अवस्थित लुक्ला बिमान स्थलमा ३ बर्ष सेवा गर्ने मौका पाउनु भयो। सोलखुम्बु जिल्ला विश्वकै आँखा पर्ने एक पर्यटकिय गन्तब्य स्थल हो। त्यहा रहदा बस्दा र सशस्त्र प्रहरीको भूमिका निर्वाह गर्दा उहाले स्थानीय शेर्पाहरुसंग सोलखुम्बुका विभिन्न हिम टाकुराहरुको भ्रमण गर्नु भएको थियो। त्यो बेला देखि नै कता-कता मनमा सर्वोच्च शिखरहरुको आरोहण गर्ने इच्छा पलाउदै गयो। मनमा जाग्दै गएको आँकुराले थप मल पायो जब बि.स. २०६३ सालमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा जलवायु परिवर्तनको बिषयमा मंत्रीस्तरिय बैठक आयोजना गरिएको थियो। उक्त कार्यक्रम कालापत्थरमा आयोजना गरिएको थियो र पराजुली विशेष सुरक्षाकर्मिको रुपमा सहभागी हुने सुवर्ण अबसर प्राप्त गर्नु भयो।
निकै खर्चिलो र चर्चामा रहेको सो बैठक यथार्थमा फाइदाजनक साबित भयो या भएन तथापी पराजुलीको हिम शिखर प्रतिको मोह भने झन् गाढा बन्न पुग्यो। बि.स. २०५७ सालदेखि २०६८ सालसम्म १० बर्ष सरकारी सेवा गरि अवकास लिनु भयो त्यस पश्चात बि.स. २०६९ तिर उहा श्रीमती सहित अस्ट्रेलिया प्रवेश गर्नु भएको थियो। हाल उहाको सगरमाथा आरोहण गर्ने आफ्नो उद्देश्यलाई मुर्त रुप दिनको लागि पुर्व तयारीमा जुट्नु भएको छ।
नमस्ते नेपाललाई जानकारी दिनुभए अनुसार आर्थिक र भौतिक रुमपा ज्यादै नै लागनी गर्नु पर्ने हुँदा अस्ट्रेलियामा रहेका नेपाली संघ-संस्थाहरुबाट आर्थिक सहयोगको अपेक्षा राख्नु भएको छ। केहि रकम आफैले जुटाउनु भएको र त्यसमा एन आर एन ए अस्ट्रेलिया, नावा, लगायत अन्य नेपाली संघ-संस्थाहरुबाट सहयोग मिलेमा होस्टेमा हैसे मिल्ने उहाको विश्वास छ । साथै उहाले सबैमा आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएको छ।
पश्चिम अस्ट्रेलियाका नेपाली समुदायलाई प्रतिनिधित्व गरेर संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लाग्नु भएको उहा पहिलो व्यक्ति हुनुहुन्छ। डिल्लीराम पराजुलीलाई सफल आरोहणको लागि नमस्ते नेपालको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्न चाहान्छौ ।