ए.ए.ए. हार्मोनी वीक
26 March 2016,/ कमल सिलवाल
गत शनिबार १९ मार्चका दिन अष्ट्रेलियन एसियन एशोशिएशन अफ वेष्टर्न अष्ट्रेलिया (एएए) ले पर्थमा हार्मोनी वीक कल्चरल युथ काल्ड साँझ २०१६ सम्पन्न गर्यो। जहाँ नेपाल लगायत एशिया, अफ्रिका, अष्ट्रेलिया, युरोप र दक्षिण अमेरिकाका १९ देशका कलाकारहरुले आ-आफ्नो देशको सन्स्क्रिती झल्क्ने खालका नृत्यहरु प्रस्तुत गरे।
ए ए ए को आफ्नै प्रेक्षालयमा आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथी पश्चिम अष्ट्रेलियाका साम्सद, ट्रेजरर तथा उर्जा, नागरिक तथा बहुसास्कृतिक मामिला मन्त्री डाक्टर माइक नाहानले बत्ती बालेर कार्यक्रमलाई शुरु गरेका थिए। उनका अलावा कार्यक्रममा पश्चिम अष्ट्रेलियाका बिपक्षी लेबर पार्टीका नेता मार्क म्याक्गाउनको प्रतिनिधित्व गर्दै साम्सद जेनीइ फ्रीम्यानल, राष्ट्रिय सभाका सदस्य मार्टिन रिचार्ड, पर्थका साम्सद अलाना म्याक टायर्नान, सिटी अफ स्वानका साम्सद स्टिभ आइरन, सिटी अफ पर्थका मेयर लिसा स्काफेडी लगायत अन्य १९ देशका बिभिन्न प्रतिनिधिहरुले सहभागीता जनाएका थिए।
नेपाली समुदायका तर्फबाट नावाका अध्यक्ष आङ दावा जे शेर्पा, पूर्व अध्यक्ष डा बिष्णु देबकोटा, नावाका सल्लाहाकार तथा पशुपतीनाथ बौद्धनाथ मन्दिरका अध्यक्ष यादव शर्मा लगायत नेपालबाट आउनु भएका आमा बुवा र समुदायका अन्य सदस्यहरुको समेत सहभागीता रहेको थियो।
सो कार्यक्रममा नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै नावाका तर्फबाट रन्जना सापकोटा, सकिना इटानी, सदिक्षा केसी र समिक्षा केसी ले नेपाली पहिरनमा मौलिक सास्कृतिक नृत्य प्रतुत गरेका थिए। सो युथ काल्ड साँझमा नेपाली समुदाय लगायत १९ देशका १०५ जनाले आ-आफ्नो देशलाई प्रानीधित्व गर्दै मौलिक प्रस्तुती दिएका थिए।
कार्यक्रमलाई ए ए ए का युवा सम्योजक याम केसीले सम्योजन गरेका थिए। अन्त्यमा केसीले आम्नत्रित अतिथी, भिभिन्न समुदायका प्रतिनिधि, कलाकार सहभागीहरुलाई भोट अफ थ्याँक्स दिएका थिए।
बहुसास्कृतिक समुदायका बिच नेपालीहरुको प्रस्तुती र उपस्थितीले नेपाली समुदायलाई अन्तरराष्ट्रिय समुदाय बिच चिनाउन राम्रो भूमिका खेलेको नेपाली समुदायका सहभागीहरुको ठहर छ।
समाचार अनि फोटो स्रोत: कमल सिलवाल