एन आर एन ए पश्चिम अस्ट्रेलियाको बिधार्थी हेल्प डेस्क संयोजकमा नबिन बिडारी
एन आर एन अस्ट्रेलियाले अस्ट्रेलियाका प्रत्येक राज्यमा आफ्ना विभिन्न कार्यक्रम गर्ने क्रममा बिधार्थीहरुको सुबिधाको लागि बिधार्थी हेल्प डेस्क र हट लाइन नम्बर सार्वजनिक गरेको छ l बिधार्थीहरुको कुनै पनि सूचना तथा आपतकालीन सुबिधाको लागि सातै दिन २४ सै घण्टा हेल्पलाइन नम्बर 1800314577 खुल्ला हुनेछ भने पश्चिम अस्ट्रेलियाको लागि एक्स्टेन्सन नम्बर ४ रहेको छ l
यसै क्रममा एन आर एन ए पश्चिम अस्ट्रेलियाको बिधार्थी हेल्प डेस्क संयोजकमा नबिन बिडारी चयन हुनुभएको छ l बिडारीका अनुसार पर्थमा आउने हरेक बिधार्थिहरुको लागि पुर्व जानकारी गरेको खण्डमा फ्री एयरपोर्ट पिक अप को व्यवस्था समेत भएको साथै आवास खोजिदिन सहयोग गर्ने , आपतकालीन सम्पर्क , अस्ट्रेलियाको नियम कानुन, यातायात, हेल्थ, बैंक खाता, ट्याक्स अथवा ए. बि. एन, रोजगार कसरि खोज्ने जानकारी लगाएतको व्यवस्था समेत रहेको संयोजक बिडारीले बताउनु भयो l
पछिल्लो समयमा अस्ट्रेलिया आउने बिधार्थिहरु अस्ट्रेलियामा आइसके पछि रोजगारी र अन्य कारणले कतिपय बिधार्थिहरु कुलतमा लाग्ने र आत्माहत्या गर्नेको संख्या समेत बढेको छ l यी सबै कुराहरुलाई मध्यनजर गर्दै एन. आर. एन. अस्ट्रेलियाले बिधार्थी हेल्प डेस्क र हट लाइन नम्बर सार्वजनिक गरेको छ l