पर्थ २१, फेब्रुवरी
अस्ट्रेलियाको पर्थमा यहि आइतवार फेब्रुवरी २१ तारिखको दिन “दोस्रो नावा कप क्रिकेट प्रतियोगिता” हुँदैछ l स्थानिय बेलमोण्ट स्थित पिट पार्कको खेल मैदानमा, पर्थ समय अनुसार बिहान ७ बजेबाट प्रतियोगिता शुरु हुने आयोजक नावाका खेल संयोजक दीपक बस्नेतले जानकारी दिनुभएको छ l
प्रतियोगितामा कुल चार टिम असनेपाल, पर्थ नेपाल, नेपाली वारियार्स र रोयल नेपाल क्रिकेट टिम भिड्ने छन् l यसैगरी अम्पायरमा सुबोध दाहाल, तुलसी बिक्रम थापा, समपन्न घिमिरे र प्रकाश तिमिल्सिना चयन हुनुभएको आयोजक नावाले जानकारी दिएको छ l
अस्ट्रेलियाको व्यस्त दैनिकीलाई पन्छाउदै बिधार्थी लगाएत सबैको सहभागी भएका चार वटै टिम एक अर्का बीच बलियो प्रतिद्वन्दी हुन्, पर्थ नेपाल गत सालको बिजेता हो भने अस नेपाल गतसालको उपविजेता हो l नेपालि वारियार्स टिमका क्याप्टेन दिपक बस्नेत कुनै टिमलाई पनि कम्जोर नआक्ने र आफ्नो टिमको ब्याटिङ्ग र बलिङ्ग दुवै लाइन बलियो भएको कारण आफ्नो टिम कपको दाबेदार हो भन्नुहुन्छ l
त्यसै गरि पर्थ नेपाल क्रिकेट टिमका क्याप्टेन संजय चौधरी पनि हामी पुरा तयारी गरेर आएका छौ र हाम्रो बलिङ्ग लाइन बिपक्षी टिमको टाउको दुखाई हुने र यो बर्ष पनि नावा कप आफ्नो पोल्टामा पार्ने दाबि गर्नुहुन्छ भने, अस नेपालका क्याप्टेन ध्रुब लम्साल पनि यस पटक टिममा अनुभवि ब्याट्सम्यान र बलरहरु भएकाले पनि यो बर्ष हामीबाट कप जित्न कुनै पनि टिमलाई सहज नहुने बताउछन l उता प्रतियोगितामा आफ्नो पहिलो सहभागी जनाउदै अनुभबी टिमसंग भिड्न सहज भने छैन तर हामी सबै युवाहरु छौ र आफ्नो जोश अनि अनुभबले खेलेर यो कप हामीहरुले नै उचाल्नेछौ भनेर दाबी गर्छन, टिम रोयल नेपालका क्याप्टेन अशोक भट्ट l
खेलाडीहरुको उच्च मनोबल बढाउन र खेललाइ अझ रोचक बनाउनको लागि प्रत्येक चौका, छक्का, क्याच र प्रत्येक बिकेटमा पुरस्कारको ब्याबस्था गरिएको छ l जसलाई पर्थका विभिन्न व्यवसायीहरुले स्पोन्सर गरेका छन् l
पश्चिम अस्ट्रेलियाका नेपालीहरुको छाता संगठन नेपाली एसोसिएशन अफ वेस्ट्रन अस्ट्रेलिया (नावा) ले हरेक बर्ष खेलकुद लगाएत सामाजिक गतिबिधिहरुमा आफ्नो बाक्लो उपस्थिति देखाउदै आएको छ l यसै क्रममा नावाका वर्तमान अध्यक्ष श्री आङ दावा शेर्पा प्रतियोगिताका सम्पुर्ण स्पोन्सरहरु र सहयोगी हातहरुप्रति धन्यवाद दिदै सम्पुर्ण पर्थवासी नेपाली समुदायलाइ प्रतियोगितामा सहभागी भएर खेलको मज्जा लिन र खेलाडीहरुलाइ हौसला बढाईदिनुहुन अनुरोध गर्नुभएको छ l