भाेक ठूलाे कि स्वाभीमान ठूलाे ?
बिरामीले- बिरामी भएँ नभन्नु
बरु राेगलाइ भनि दिनु -‘मृत्यु वर्जित छ
याे हाम्रो स्वाभीमानकाे कुराे हाे! ‘
भाेकाले -भाेक लाग्यो नभन्नु
स्वाभिमान बाँसको टुप्पाे झैं निहुरिन्छ
जुन हाम्रो शिरमा सुहाउँदैन
केटाकेटीहरु हिंड्दै गरेकाे अध्याराे बाटाेमा ठेस लागेर लड्लान्
सुनाइदिनु
– कुनै लाेककथा जसरी
पुर्खाहरुकाे बहादुरीको कथा
-नउठाउनु
बरु हतार हतार पढाउनु राष्ट्रियता
हातकाे छडि देखाएर भाेलिकाे गृहकार्यमा ‘राष्ट्रवाद शीर्षक’ दिनु
सम्झनु कि हामी भित्र बहादुर पुर्खाको रगत छ
सम्झनु कि हाम्रो ग्रन्थिमा पुर्खाको रस छ
हाम्रो टाउकाे निहुँरियाे भने
इतिहासको पानाबाट पुर्खाको नाक काटिन्छ
अात्मा भड्किनछ
र हाम्रो सिरानेमा बास गर्छ
सपनामा हामीलाई पुर्खाको सराप पर्छ!
भन्नु -हाम्रो स्वाभिमान वालुवाकाे घर हैन
बरु झुट बाेल्नु
अरबको मरुभूमिमा पुरिएको स्वाभिमान हाम्रो हैन
भन्नु- व्रिटिस गाेर्खा राइफलमा छ हाम्रो इज्ज
भन्नु -इन्डियन गाेर्खा राइफलमा छ हाम्रो बहादुरीता
भन्नु- हाम्रा हात खुट्टा अात्मनिर्भर हुन्
सियाेकाे टुप्पाेले घाेच्छ
यसकारण यहाँ बन्दैन!
कारखानाहरू नबन्नु
कारखानाहरू बन्द हुनु
अात्मनिर्भर नहुनु हैन
पटक पटक भनिरहनु-
‘जसरी हुन्छ हामी स्वाभीमानी बन्नु पर्छ !’
………
(वर्षाैं देखि यसरी नै
राष्ट्रियता
स्वाभिमान
अात्मनिरर्भता घाेकाइ रहेछ
हामी घाेकिरहेंछाैँ
दाँया मष्तिक्समा एउटा प्रश्न चट्टान झै उभिएकाे छ
भाेक ठूलाे कि स्वाभीमान ठूलाे ?)
क्रिस गुरुङ !!!