स्वान रिभर र अग्ला भवनहरु
इतिहासले आज
स्वान रिभरको
रङ्ग बद्लिदिएको छ
आकाश बाट रङ्ग झारेर
सप्तरङ्गमा
र
सजाइ दिएको छ
रङ्गी बिरङ्गी रङ्गमा
त्यसैले स्वान रिभर
गर्बले छाती फुलाउदै
छेउमा उभिएको
स्वघोषित अग्ला भवनहरु सङ्ग
पौखे जोरि खोज्दैछ
गहिराहिमा उनिहरुलाइ डुबाउदै
भिडिरहेको छ
सधैं लुछाचुडी गरिरहने भवनहरु सङ्ग
यति बेला मर्माहित भवनहरु
बन्द कोठामा खुरापात गर्दैछन
स्वान रिभरको विरुद्ध
बिबेक शुन्य भएर
कर्कश स्वरमा उफ्रदैछ्न
स्वान रिभरको विरुद्ध
नाथे नदिको गहिराहिमा
चोवलिएर लाचार बाच्नु पर्दा
असह्य भएको छ उनिहरुलाइ
त्यसैले आफ्नै अस्तित्व
मेटाउदै भए पनि
बनाउने हातहरु काट्नु पर्ने
एजेन्डा पास भो रे
बिर्सेर कि नयाँ युगको
सप्तरङ्ग उनिहरु आफै हुन
जुन रङ्ग झरेर
स्वान रिभर रङ्गिएको छ।
बिर्सेर कि
स्वान रिभरको छेउमा उभिएका
खुट्टाहरु उनीहरुकै हुन
जुन गर्व गर्ने स्वान रिभर
पल पल चुम्दै बाचिरहेको छ।।।
राजेश बुढाथोकी
२७ जनवरी २०१६
पर्थ, अस्ट्रेलिया