नयाँ बर्षको सुरुबात संगै अन्तरास्ट्रिय नेपाली साहित्य समाज पर्थ अस्ट्रेलियाले आफ्नाे पहिलो मासिक रचना वाचन तथा सस्ट्रा सम्मान कार्यक्रम जनवरी २३ का दिन साझँ सप्पन्न गरेको छ। सस्थाका अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा, जेष्ठ नागरिक समाज नेपालका बरिस्ठ उपाध्यक्ष तथा समाज सेवी श्री सिताराम ढकालज्युको प्रमुख आथित्यमा उक्त कार्यक्रम बेल्मोन्ट को सेन्टेनेरी कम्युनिटी हलमा सम्पन्न भएको थियो।
प्रथम रचना बाचन सङ्ग सङ्गै सस्ट्रा सम्मान तर्फ हालै ब्रिसबेनमा आयोजित न्युजिलेण्ड र अस्ट्रेलिया ब्यापी नेपाली नृत्य प्रतियोगिता डिसेम्बर २०१५ मा वेस्टर्न अस्ट्रेलियाबाट सहभागीता जनाउनु भयकि रन्जना सापकोटा, एकल नृत्य तर्फ प्रथम हुनुभएकाेमा सबै पर्थ वासी गौरवान्वित भएकाे साथै पर्थबाट इतिना कटनी समेतले सहभागीता जनाउनु भएकाे मा दुवैकाे सम्मान स्वरुप प्रशंसा पत्र र मायाकाे चिनाे प्रदान गरिएको थियो। र उहाँहरुकाे उज्जवल भविष्यकाे कामना गर्दै कार्यक्रममा सस्थाका सदस्यहरु सङ्गै पर्थ निवासी अरु साहित्यक सर्जकहरुले पनि सहभागिता जनाइ आ-आफ्नो रचना वाचन गर्नुभएको थियो भने राजेश बुढाथोकीले आर्थिक तथा भावी कार्यक्रम विवरण तथा निरज क्षेत्रीले स्वागत् मनतव्य प्रस्तुत गर्नु भएको थियो भने हरि अधिकारीले सस्थाको बारेमा प्रकाश पर्नु भएको थियो।
रचना वाचन गर्ने सर्जकहरुमा कार्यक्रम का संचालक कमल सिलवाल ज्यु का साथै दिनेश बस्नेत, मन्जु कोइराला, धनकुमारी के सि, रिजा प्रधान, राजेन्द्र सापकोटा, तुल्सी बिक्रम थापा, रन्जना सापकोटा, सम्भु कंडेल, सैलेश मैनाली, राजेश बुढाथोकी, निरज क्षेत्री र गणेश घिमिरे हुनुहुन्थ्याे। साहित्यकाे एक गरिमा पुर्ण कार्यक्रम पर्थका मान्यजन्य महानुभावहरुको बाक्लो उपस्थिति संगै कार्यक्रम शान्त वातावरणमा सम्पन्न भएको थियो।
फोटो सैजन्य: निरज छेत्रि