यस बर्ष बलिउडमा दर्जनौ सिनेमा रिलिज भए । जसमध्ये कुनै सानो लगानी गरेर पनि ठूलो रकम संकलन गर्न सफल भए । ठूलो लगानीमा बनेका केही सिनेमाले भने सोचेजस्तो कमाई गर्न सकेनन् । त्यस्तै यस बर्ष दुई ठूलो सिनेमा बाजीराव मस्तानी र दिलवाले एकसाथ रिलिज भए । यसले दुबै सिनेमालाई घाटा भयो । छुट्टै समयमा रिलिज भएको भए, यी दुई सिनेमाले तुलनात्मकरुपमा बढी कमाउने थियो नै । तर, पनि यी दुईटै सिनेमा सय क्लबमा सामेल भईसकेका छन् । बाजीराव मस्तानीले पहिले त्यती कमाई नगरेपनि, पछिल्ला दिनहरुमा राम्रो कमाई गरेर आफुलाई सय करोडको क्लबमा सामेल गराई सकेको छ । सिनेमाले १०८ करोड ७ लाख रुपैयाँको कमाई गरिसकेको छ । सिनेमाले यो कमाईलाई निरन्तरता दिन सक्यो भने छिट्टै दिलवालेलाई पछाडी पार्न सक्छ । संजय लीला भन्सालीको निर्देशनमा बनेको सिनेमा बाजीराव मस्तानी र रोहित सेट्टीको दिलवाले एकै दिन रिलिज भएका थिए । जसमध्ये हालसम्म भने दिलवाले नै अघि छ । तर बाजीरावले दिलवालेलाई जित्न सक्ने सम्भावना प्रवल देखिएको छ । बाजीराव मस्तानीसँगै यस बर्ष १०० करोड क्लवमा सामेल भएका सात सिनेमा कुन कुन हुन त ? दिलवाले सिनेमा दिलवालेलाई रोहित शेट्टीले निर्देशन गरेका थिए । जसमा शाहरुख खान,काजोल,वरुण धवन,कृती सेनोनको मुख्य भुमिका थियो । सुरुवातका दिनहरुमा राम्रो कमाई गरेको सिनेमा दिलवालेले, पछिल्ला दिनहरुमा भने सोचेजस्तो व्यापार गर्न सकेन । यस सिनेमाले सुरुवाती ८ दिनमा ११० करोड ८ लाख रुपैयाँ कमाएर सय करोडको क्लबमा सामेल भयो । प्रेम रतन धन पायो २०१५ मा निकै चर्चा र सफलता पाएको अर्को सिनेमा हो – प्रेम रन धन पायो । सुरज बाडत्याजाको निर्देशनमा बनेको सिनेमामा सोनम कपुर र सलमान खान, निल निती मोहनको अभिनय थियो । सिनेमाले २१० करोडको कमाई गरेको थियो । बजरङ्गी भाईजान यस बर्ष सबैभन्दा धेरै कमाई गर्ने सिनेमा बन्यो सलमानको अर्को सिनेमा बजरङ्गी भाईजान । ३२० करोडको व्यापार गरेको यस सिनेमामा करिना कपुर , सलमान खान र हर्षाली मल्होत्राको अभिनय छ । बाहुबली यस सिनेमाको हिन्दी भर्सनले, ११८ करोड, ७ लाख रुपैयाको कमाई गर्यो । एस एस राजमौलीको निर्देशनमा बनेको सिनेमा बाहुबलीमा तमन्ना भाटीया, प्रभास,अनुश्का ,राणा दग्गुबत्ती लगायतको अभिनय थियो । ए बी सी डी २ निर्देशक रेमो डिसुजाको निर्देशनमा बनेको सिनेमा ए बी सी डी २ मा श्रद्धा कपुर, वरुण धवनको अभिनय रहेको छ । यस सिनेमाले पनि आफुलाई १०० करोडको क्लबमा सामेल गरायो । सिनेमाले १०५ करोड ७ लाख रुपैयाको व्यापार गरेको थियो । तनु वेड्स मनु रिटन्र्स यस सिनेमालाई आनन्द एल रायले निर्देशन गरेका थिए । तनु वेड्स मनुको सिक्वेल यस सिनेमामा कगंना रनावत, आर माधवन, स्वरा भास्कर,र जिमी सेरगीलको अभिनय रहेको थियो । सिनेमाले १५० करोड ८ लाख कमाई गरेर सय करोडको क्लवमा सामेल भएको थियो । – See more at: http://www.forseenetwork.com/entertainment/833/#sthash.yGGQaoku.dpuf