पर्थ, १५ मार्च, २०१७ बुधवार
पर्थ नेपालको बार्षिक क्रिकेट लिग अन्तर्गत पर्थ नेपाल क्रिकेट लिग २०१७ को उपाधि आयोजक पर्थ नेपाल क्रिकेट क्लबले जितेको छ । प्रतियोगितामा पर्थका चिरपरिचित ५ वटा क्रिकेट क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । गत आइतवार स्थानीय मिल्स पार्कमा खेलाइएको प्रतियोगिताको फाइनलमा पर्थ नेपाल क्रिकेट क्लब र रोयल नेपाल क्रिकेट क्लब भिडेका थिए । २५ ओभरको खेल वर्षाले अवरुद्ध पारे पछि खेल १९.३ ओभरमा झारिएको थियो टस जितेर पहिले ब्यटिङ्ग रोजेको रोयल नेपाल ले १९.३ ओभर मा ८ विकेट को क्षतिमा जम्मा ७२ रन जोड्न सफल भएको थियो ७३ रन को सहज स्कोरका लागि जवाफी ब्याटिंगमा उत्रेको पर्थ नेपाल क्रिकेट क्लबले १४.४ ओभरमा ३ विकेट को क्षतिमा ७३ रनको सहज लक्ष्य भेटाएर उपाधि आफ्नो कब्जामा ल्याउन सफल भयो । रोयल नेपाल क्रिकेट क्लब पर्थ नेपाल क्रिकेट लिग २०१७ को रनर अप बन्न सफल रह्यो ।
प्रतियोगितामा म्यान अफ दि सेरिजको उपाधि रोयल नेपालका उज्जवल तिमल्सिनाले पाए । उनले ८४ रन जोडेका थिए भने १० विकेट लिएका थिए । बेष्ट ब्याट्सम्यान अफ दि टुर्नामेन्टको उपाधि वेस्ट्रन नेप्लिसक्रिकेट क्लबका दीपेश बानियाँले जित्न सफल भए । उनले प्रतियोगितामा ११० रन जोडेका थिए । त्यसै गरि पर्थ नेपाल क्रिकेट क्लबका प्रविन श्रेष्ठ फाइनल म्याचमा म्यान अफ दि म्याचको उपाधि पाए भने टुर्नामेन्टमा १५ विकेट लिएका वेस्ट्रन नेप्लिसक्रिकेट क्लबका विक्रम श्रेष्ठले बेष्ट बलर अफ दि टुर्नामेन्टको उपाधि पाए ।
आयोजक पर्थ नेपाल क्रिकेट क्लबका क्याप्टेन संजय चौधरीले नमस्ते नेपालसंग कुरा गर्दै भन्नु भयो अर्को बर्ष आयोजना गरिने प्रतियोगिता अहिलेको भन्दा निकै ठुलो र भब्य हुनेछ। प्रतियोगिता सकिए लगतै पर्थका विभिन्न व्यक्तित्वहरुले खेलाडीहरुलाई पदक तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । पदक तथा प्रमाण पत्र प्रदान गर्नु हुनेमा नवाका अध्यक्ष आङ दावा शेर्पा , एन आर एन पश्चिम अस्ट्रेलियाका संयोजक राज थपलिया, डेपुटी कोर्डिनेटर दिपक शर्मा, प्रतियोगिताको स्पोंसोर VEVS का सुबोध ढकाल लगायत नेपालबाट आउनुभएका अग्रजहरु हुनुहुन्थियो प्रतियोगिता सकिए लगतै सोहि मैदानमा पर्थ नेपालले भब्य होली कार्यक्रम पनि आयोजना गरिएको थियो ।