पर्थ – ७ मार्च, २०१७ मंगलवार /
कँडेल कन्सल्टेन्सी कप फुटबल २०१७ को लागि नेप्लिस युनाइटेड फुटबल क्लब डब्लु ए को अन्तिम तयारी लगभग सकियोको छ । अष्ट्रेलियाको प्रतिष्ठित फुटबल क्लब यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्ने ९ ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मार्च ११ देखि मेलबर्नमा हुने भएको छ । सो प्रतियोगितामा भाग लिनको लागि पश्चिम अस्ट्रेलियाका नेपालीहरुको प्रतिनिधित्व गर्दै नेप्लिस युनाइटेड फुटबल क्लब डब्लु ए को १७ सदस्यीय टिम १० मार्चमा मेलबर्न जाँदैछ ।
टिम मा सहभागी हुनेहरु
दीपेन्द्र परियार (क्याप्टेन)
हेमन्त श्रेष्ठ ( भाइस क्याप्टेन )
मणि राई
शुभाष गुरुङ
सबिन रेग्मी (मोडोन)
सांगे धेन्दुप
बिनोद बिष्ट
अरुण राई
अनुज तिमिल्सिना
दिनेश कार्की
सुरज तामांग
बिक्रम श्रेष्ठ
भागवत भट्टराई
लभेन बस्नेत
शुशिल थापा
भुवन खड्का (टिम म्यानेजर )
सुभाष श्रेष्ठ ( टिम कोच)
नमस्ते नेपाल संग कुरा गर्दै टिम क्याप्टेन दिपेन्द्र परियार र टिम कोच शुभाष श्रेष्ठले एकै स्वरमा भन्नु भयो भर्खरै हाम्रो तयारी पनि पुरा भएको छ र यो प्रतियोगिता हाम्रो टिमको लागि आफ्नो खेल प्रदर्शन गर्ने राम्रो अवसर पनि हो। हाम्रो टिम अहिले लयमा छ, हामी खरो उत्रिने छौ। किनकि यो प्रतियोगिता सहभागी सबै टिमको लागि उत्तिकै महत्व भएकाले कसैलाई पनि कम्जोर आकलन गर्न नामिल्ले बताउनु हुन्छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा अष्ट्रेलियाभरबाट १६ टिमले सहभागिता जनाउनेछन् । सिड्नी ५, मेलबर्न ५, पर्थ, डार्विन, एडिलेड, अल्बरी, तास्मानिया क्यानबेरा गरी १६ टिम उपाधिका लागि भिड्नेछन् । त्यसै गरि ३५ वर्षमाथि उमेर समूहमा ८ टिमको सहभागिता रहने यति फुटबल क्लबका प्रेसिडेन्ट बम गुरुङले नमस्ते नेपाललाई जानकारी दिनु भयो । गुरुङले थप्नु भयो यो प्रतियोगिताको मुख्य उद्धेश्य भनेको नेपाली नेपाली बीच एकता गराउदै खेलकुदको बिकाश गर्नु हो । खेललाइ अझ प्रतिश्प्रधात्मक बनाउन हामीले पहिलो हुने टिमलाई २ हजार डलर त्यसै गरि रनर अपलाई ८ सय डलर पुरस्कार तथा पदक राखेका छौ भन्नु भयो । मार्च ११ तारिखमा लिगका खेलहरु हुनेछन् भने १२ मार्चमा फाईनल खेलहरु सञ्चालन गरिनेछ । विगत चार वर्षदेखि एमआईटी प्रायोजन गर्दै आइरहेको यस प्रतियोगिताको प्रायोजन यस वर्षदेखि कँडेल कन्सल्टेन्सीले गर्ने भएको छ ।
फोटो स्रोत: NUFC-WA/फोटो स्रोत: यती क्लब फेसबुक पेज