नावा कप भलिबल प्रतियोगिता २०१६ को उपाधि सगरमाथालाई
(उपाधि बिजेता टीम सगरमाथा)
२५ डिसेम्बर, पर्थ- नावा कप भलिबल प्रतियोगिताको उपाधि टीम सागरमाथाले हात पारेको छ। निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेटमा अन्नपूर्ण लाई १८- २१ले हराउदै पाहिले सेट आफ्नो कब्जामा पार्यो र खेलको दोस्रो सेटमा अन्नपूर्णले सगरमाथालाई १६-२१ को सेटमा हरायो भने तेस्रो सेटमा टीम सगरमाथाले टीम अन्नपूर्णलाई १८-२१ को सेटमा हराय पछि १ का विरुद्ध २ सेट हात पार्दै टीम सगरमाथा नावा कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
(उप- बिजेता टीम अन्नपूर्ण)
पर्थको बेल्मोन्टस्थित सेन्टेनरी पार्क कम्युनिटी सेन्टरमा भएको खेलमा सगरमाथाका रवि कार्की, आङ दावा जाङबु शेर्पा, रोहन खत्री, सूरज उप्रेती,करण बस्नेत, बिश्वास बरतौला, लक्ष्मी सापकोटा नबीन चालीसे लगाएतका खेलाडी अन्नपूर्ण विरुद्ध हावी भएका थिए ।
(टीम धौलागिरी तेस्रो स्थान )
निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा टीम अन्नपुर्णका सुदीप श्रेस्ठ, दीपक बस्नेत, भोजराज खत्री, राजेश खनाल, निस्चल नेपाल, मनोज खरेल, भरत सिंखडा, राम थापा लगाएतका खेलाडीहरूले समेत टीम सगरमाथालाई कडा टक्कर दिएका थिए । तीनवटै सेटमा अन्नपूर्णले कडा टक्कर दिएको थियो । यसरी टीम अन्नपूर्ण उपविजेतामा सिमित बनेको थियो भने टीम धौलागिरीले तेस्रो स्थान सुरक्षित गर्यो र टीम माछापुच्छ्रेले चौथो स्थानमा चित्त बुझायो ।
(माछापुच्छ्रेले चौथो स्थान )
सबै चार टीमले निकै प्रतिस्पर्धात्मक खेल खेलेका खेलमा टीम धौलागिरी बाट बिष्णु खत्री, रबिन थापा, कृष्ण मान श्रेष्ठ,, राजु सुबेदी, हेम पुन, बिशाल, मनीषा बस्नेत रमेश सिलवालले सहभागी जनायका थिए भने टीम माछापुच्छ्रे बाट राजु श्रेष्ठ, बीरेंद्र उदास, लक्ष्मी कंडेल, टी बी मल्ल, संजीव ढकाल, दिनेश सिलवाल, राधेश उप्रेती र दीपेश शाही रहेका थिए प्रतियोगितामा प्रथम हुने टीमले ट्रफी, प्रमाण-पत्र सहित एभरेष्ट नेप्लिज रेष्टुरेण्टका तर्फबाट तीन सय डलर बराबरको फुड भौचर प्राप्त गरेका थिए ।
यसै गरी दोस्रो हुने टीमले ट्रफी, प्रमाण-पत्र सहित क्राउन प्लाजाको तर्फबाट २ सय डलरको फुड भौचर र तेस्रो हुने टीमले ट्रफी, प्रमाण-पत्र सहित फंकी मःमःको तर्फबाट १ सय डलरको फुड भौचर प्राप्त गरेका छन् । साथै चौथो हुने टीमले ट्रफी, प्रमाण-पत्र सहित गोर्खाज नेप्लिज रेष्टुरेण्टका तर्फबाट ७५ डलर बराबरको फुड भौचर प्राप्त गरेको छ । बिजयी तथा सहभागी टीमलाई नावाका अध्यक्ष आङ दावा जाङबु शेर्पा, पशुपतिनाथ बाैद्दनाथ मन्दिर समिति पर्थका अध्यक्ष यादव शर्मा, नावाका उपाध्यक्ष डा. मणि पनेरु, नावाका निवर्तमान अध्यक्ष केदार रिजाल लगायतका व्यक्तित्व हरुले ट्रफी तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।
पर्थमा पहिलोपटक आयोजना गरिएको नावा कप भलिबल प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको थियो । नावाद्वारा क्रिसमस तथा नयाँ वर्ष इस्वी संवत २०१७ को उपलक्ष्यमा BBQ कार्यक्रमको आयोजना गरेको थियो । साथै सोही अवसरमा नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाले पहिलोपटक नावा कप भलिबल प्रतियोगिता २०१६ समेत आयोजना गरेको हो। खास गरी पश्चिम अष्ट्रेलियाको नेपाली समुदायका युवाहरुको संख्या बढ्दै गइरहेको अबस्थामा नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (नावा) ले आफ्ना खेलकूदका कार्यक्रमहरु पनी परिस्कृत गर्दै गइरहेको नावाका अध्यक्ष आङ दावा जाङबु शेर्पाले नमस्ते नेपाललाइजानकारी गराउनु भयो ।
पर्थमा रहेका नेपाली युवापुस्तालाई एक ठाउँमा ल्याउनको निमित्त मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको र पहिलो प्रतियोगितामा निकै उत्साहनजनक सहभागिता भएकोले आफूलाई निकै ख़ुशी लागेको र थप ऊर्जा थपिएको नावाका खेल संयोजक दीपक बस्नेतले बताउनु भयो ।
उक्त प्रतियोगिताको नमस्ते नेपाल अस्ट्रेलियाले आफ्नो फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण गरेको थियो ।