नमस्ते नेपाल , पर्थ
१९ अक्टोवर २०१६
अस्ट्रेलियाको सबै भन्दा ठूलो स्टेट पश्चिम अस्ट्रेलिया हो र पछिल्लो समय पर्थ र यसका आसपासमा नेपालीहरुको बसाइ निकै बढ्दो छ l र हाम्रो पहिचान भनेकै हाम्रो मौलिक धर्म ,संस्कृति ,कला ,भाषा र परम्परा नै हो l
हाम्रा धेरै भाषा, धर्म, परम्परा, सस्कृति, भेषभुषा सबै नेपाल र नेपालीहरुको अमुल्य सम्पदा हुन यहि मूल्य मान्यतालाई आत्मासाथ गर्दै पर्थ र यसका आसपासमा बसोबास गर्दै आउनुभएका नेपाली समुदायको पहलमा पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मन्दिर निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ l
पशुपतिनाथ बौद्धनाथ मन्दिरको नाममा आधिकारीक रुपमा दर्ता गरी मन्दिर निर्माण कार्य अगाडी बढिरहेको छ l यसै क्रममा यहि अक्टोबर २३ तारिख आइतवारको दिन पशुपतिनाथ बौद्धनाथ मन्दिरले मन्दिर निर्माण सहयोगार्थ एक च्यारिटी लन्चको आयोजना गर्न लागेको छ l
पर्थको हिमालयन नेप्लिज रेस्टुरेण्ट एण्ड क्याफेमा हुने सो कार्यक्रममा उपस्थिति भै यो पुण्य कार्यमा सहयोग गर्नुहुन सम्पुर्ण पश्चिम अस्ट्रेलियाका नेपालीहरुमा मन्दिरका अध्यक्ष्य श्री यादव शर्माले अनुरोध गर्नु भएको छ l साथै अस्ट्रेलियाभरि र देश-बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुलाई यस नेपाली मन्दिर निर्माण जस्तो पुण्य अभियानमा सक्दो सहयोग गर्न अनुरोध गर्दै यो सम्पुर्ण नेपाल र नेपालीहरुको पहिचान समेत भएको बताउनु भयो l
आयोजक: पर्थ नेपाली मन्दिर मिति २३ अक्टोवर २०१६ समय दिनको ठिक १२ बजेदेखि ३ बजे सम्म स्थान हिमालयन नेप्लिज रेस्टुरेण्ट एण्ड क्याफे (इङ्ग्लेवुड) बिस्तृत जानकारीका लागी सम्पर्क यादव शर्मा : ०४०१७४६५७६ भैरब ढकाल : ०४१२७७०९७४