अस्ट्रेलियाको पर्थमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु हुदै
अस्ट्रेलियाको पर्थमा नेपाली सामुदायिक लाइ लक्षित गर्दै विभिन्न सूचना तथा मनोरन्जनात्मक कार्यक्रम हरु हुने गरेका छन् l गत साता जुलाई ३१ को दिन एस क्युब इन्टरटेन्मेन्टस् को ब्यानरमा बनेको “बिदेशमा हामी” नामक छोटो चलचित्र सार्वजनिक भयो l अस्ट्रेलियाको पर्थमा बस्दै आइरहेका युवाहरुको एउटा समुहले बिदेशमा हामि नामक छोटो चलचित्रको पहिलो भाग विभिन्न सामाजिक संजालबाट सार्वजनिक गरेका थिए l
हास्य एवम चेतनामूलक सो छोटो चलचित्रको निर्देशन सुस्विन वाग्लेले गरका हुन् भने लेखन तथा परिकल्पना सन्दीप अधिकारी, संजीव राज र सुस्विन वाग्लेको रहेको थियो सो छोटो चलचित्रले बिदेशमा रहेका नेपालिहरुले भोग्ने गरेका यथार्थलाई प्रस्तुत गर्ने खोजेको छ l
यहि आइतवार अर्थात् अगस्त महिनाको ७ तारिखको दिन नेपालको ख्याति प्राप्त रक ब्याण्ड कबवेवले आफ्नो प्रस्तुति दिने भएको छ l स्थानीय सिभिक होटेलमा हुने सो सांगेतिक कार्यक्रममा सहभागी हुन १८ बर्ष पुरा भएका साथै प्रवेश को लागि औस्ट्रेलियन ड्राइभर लाइसेन्स वा आफ्नो पासपोर्ट अनिवार्य लानु पर्ने आयोजक हावाले जानकारी दिएको छ l
सांझा ठिक ७:३० बजे शुरु हुने सो कार्यक्रमको टिकेट मूल्य अग्रिम बुक्किंग को लागि २५ डलर र कार्यक्रम स्थलमा ३० डलर तय गरिएको छ l
यता नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको नेपाली नारीहरुको महान चाड हरितालिका तिज यस वर्ष भब्य रमाइलो हुनु भएको छ l
यो पालिको तिजमा नेपालबाट ख्याती प्राप्त गायिका कोमल वली आउने भएकी छन् ,अगस्त २० तारिख शनिवार दिउँसो १२:०० बजे देखी साँझ ५:०० बजे सम्म “द राइज मेल्यांड्स” मेल्यांड्स हुने यो कायक्रम नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), एन. आर. एन. डब्ल्यु. ए. र नारी निकुन्ज डब्ल्यु. ए. को संयुक्त प्रयासमा आयोजना हुन लागिरहेको हो l
प्रवेश शुल्क नावा तथा एन. आर. एन. का सदस्यहरु का लागि $२५.०० र सदस्यता नभएकाहरुको हकमा $३५.०० भने प्रवेश शुल्कमा दुई कोर्स खानाको ब्यवस्था समेत नावा ले जानकारी दिएको छ ।