नमस्ते नेपाल, पर्थ, १ मे २०१६
फुटबल खेलको इतिहास हेर्ने हो भने अङ्ग्रेजी साम्राज्यको विस्तारसँगै फुटबल विश्वभर फैलने क्रममा एसिया र अन्ततः दक्षिण एसियामा आएको देखिन्छ।
साहित्यकार तथा इतिहासकार डायमण्ड शम्शेरका अनुसार दरबारका नातिले बाजेहरूको आदेशलाई बेवास्ता गरेर सर्वसाधारणलाई पनि फुटबल खेलाउन सुरू गरे। लगभग त्यही समय नर एघार टिमको जन्म भएको विश्वास छ। सन् १९३४मा आएर महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भयो।
यता अस्ट्रेलियाको पर्थमा सन् २००७ देखि नेपाली युवाहरुले फुटबलको शुरुवात गरेको भनिन्छ l नेपाली फुटबल खेललाइ सस्थागन गर्न आङ दावा शेर्पाको अध्यक्षतामा २०१४ मा आधिकारिक रुपमा दर्ता गरि पश्चिम अस्ट्रेलियामा नेप्लिज युनाइटेड फुटबल क्लबको स्थापना भयो l गत वर्षको फेब्रुवरी २०१५ मा फुटबल वेस्टले आयोजना गरेको अन्तरास्ट्रिय फुटबल लिगमा नेप्लिज युनाइटेड फुटबलले खरो प्रदर्शन गरेको थियो l
खेल र खेलाडीको स्तरोउन्नति साथै संस्थाको दिगोपनको लागि संस्था आफु नै सक्षम हुनु पर्ने भएकोले फण्ड कलेक्सन गर्ने हेतुले अस्ट्रेलियाको पर्थमा रहेको नेप्लिज युनाइटेड फुटबल क्लबले गाला डिनर आयोजना गरेको थियो l स्थानीय क्लोभरडेल स्थित फोस्टर पार्क कम्युनिटी सेन्टरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो l खेल, खेलाडी र आफ्नोपनको सम्मान र विकास गर्नु पर्छ भन्ने भावाना भएका व्यक्ति र संघ संस्थाहरुले सहयोग स्वरुप चेक हस्तान्तरण गर्नुभएको थियो l चेक प्रदान गर्नु हुनेहरुमा क्यानिंगटन जनरल स्टोर, लिनेन बजार, मिनाज़ रेस्टुरेण्ट एण्ड क्याफे, सांग्रिला नेप्लिज कुजिन, हावा इन्टरटेन्मेन्टस् र मिन पुन रहनु भएको थियो l
कार्यक्रमलाइ सम्बोधन गर्दै क्लबका अध्यक्ष्य मणि राइले अभ्यास तथा खेलका क्रममा खेलाडीका लागि आवस्यक पर्ने न्युनतम कुराहरु जस्तै : पानि, खाजा, प्राथमिक उपचार सामग्रीहरुको आभाव रहने गरेको दुखेसो पोख्नु भएको थियो l आगामी दिनहरुमा यस किसिमका अभावहरु भोग्न नपरोस भनि यो फण्ड रेजिंग कार्यक्रम आयोजना गरेका हौ l यो कार्यक्रम बाट उठेको रकमले खेलाडी हरुका लागि ट्रेनिङ्ग, जर्सी र खेल बिकासको लागि खर्च गरिने बताउनु भयो l
अनुभवी खेलाडी तथा क्लबका क्याप्टेन दीपेन्द्र परियारले नमस्ते नेपाललाइ जानकारी दिदै भन्नु भयो, यहाँ प्राय सबै देशहरुको आ- आफ्नो क्लब छन र हामि पनि हाम्रो नेपाली फुटबल क्लब होस् र जसमा आगामी पुस्ताले हाम्रो आफ्नै क्लबमा अभ्यास गर्न पाउन र भावी पुस्ताले फुटबल खेलमा हामीले जस्तो दुखको सामना गर्न नपरोस भनेर पनि हामि सबै खेलाडीहरु खेलको बिकास र संस्थागन गर्न लागि परेका हौ l
कार्यक्रममा अथितिको रुपमा नावाका अध्यक्ष्य श्री आङ दावा शेर्पा, पूर्व अध्यक्ष्य डा. बिष्णु देबकोटा, एन. आर. एन. अस्ट्रेलियाका उपाध्यक्ष्य श्री राज थपलिया, अर्जुन गुरुङ्ग, मीना गुरुङ्ग, मिन पुन, रोशन शेर्पा लगायत विभिन्न संघ संस्थाका पधाधिकारी, ब्यबसायी र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको संचालन दिपक शाक्यले र साउण्ड सिस्टमको कोर्डिनेसन कमल सिलवालले गर्नु भएको थियो l
कार्यक्रमलाइ थप मनोरंजन बनाउन स्थानीय कलाकारहरुले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुत गर्नु भएको थियो l जसमा गायक उज्जवल के. सी. र सलमान मन्सुरीले गायन तथा अस्मिता मानन्धर, प्रस्था महर्जन, सकीना इतानी र सुनिता लामाले नृत्य प्रस्तुत गर्नु भयको थियो l
नेप्लिज युनाइटेड फुटबल क्लबमा खेलाडीहरु क्रमश: दीपेन्द्र परियार, सुभाष गुरुङ्ग, मणि राइ, सविन रेग्मी, शुशिल थापा, भुवन खड्का, रुस्तम मास्के,किरण श्रेष्ठ, सागर आचार्य अरुण राइ, लभेन बस्नेत,बिक्रम श्रेष्ठ, प्रकाश घिशिंग, राहुला सरोय, स्यामोल ओनाहुवा र जस्टिन रसेल रहेका छन् भने यस टिमका प्रशिक्षक सुभाष श्रेष्ठ हुनुहुन्छ l
गाला डिनरका केहि झलकहरु :