फोटो सौजन्य: विनायक
नमस्ते नेपाल संवाददाता/ पर्थ ,अप्रिल १२, २०१६
नेपाली एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलिया (नावा) ले हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाली नया बर्षको पुर्व सन्ध्यामा नव 2०७३ भब्य रुपमा मनाएको छ l अप्रिल १० तारिख आइतवारको साँझ स्थानीय डब्लु ए इटालियन क्लबमा नेपाली नया बर्ष २०७३ बिबिध सास्कृतिक कार्यक्रमका साथ् सम्पन्न भएको छ l
कार्यक्रममा अथितिहरु अनरेवल डा. माइक नहान, (अनरेवल ट्रेजरर मिनिस्टर फर इनर्जी, मल्टिकल्चरल इन्ट्रेस्ट ), लिसा बेकर (मेम्बेर अफ मेल्याण्ड) मारिया बुन (प्रेसिडेण्ट वेस्टर्न अस्ट्रेलियन मल्टिकल्चरल एसोसियसनस इनकोअप्रेसन) मिस. मार्गरेट कर्क ( स्याडो मिनिस्टर फर मल्टिकल्चरल इन्ट्रेस्ट), सब्बिर हुसेन (प्रेसिडेण्ट बि. ए. ए. डब्लु. ए.- बंगलादेशी एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलिया) टिम ह्याममोंन्ड (फेडरल क्यानिडेट फर पर्थ), फ्रेड ब्राउन (अनररी काउन्सलर अफ नेपाल फर वेस्ट्रन अस्ट्रेलिया), मेल फियाल्हो (भाइस प्रेसिडेण्ट ए. ए. ए.), हेलेन म्याड्डक्स (प्रिन्सिपल पोलिसी अफिसर, अफिस अफ मल्टिकल्चरल इन्ट्रेस्ट) नावाका तर्फबाट पुर्व अध्यक्ष्यहरु यादव शर्मा, बिनय भट्टराई, केदार रिजाल, डा. बिष्णु देवकोटा आथित्य ग्रहण गरेका थिए l
यसैक्रममा निवर्तमान सचिव तथा उपाध्यक्ष्य कुन्ता कोइरालाद्वारा खादा ओडाइ नावाको तर्फबाट स्वागत तथा सम्मान गर्नु भएको थियो l प्रमुख अथिति अनरेवल डा. माइक नहान तथा नावाका वर्तमान अध्यक्ष्य आङ दावा शेर्पा द्वारा दिप प्रज्वलन गरि कार्यक्रमको विधिवत समुद्घाटन गर्नु भएको थियो भने संस्थाका सचिव नविन चालिसेले स्वागत मन्तव्य गर्नु भएको थियो l साथै आमन्त्रित अथितिहरुने आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो l
पर्थमा रहेका नेपालीहरुको मनोबल बढाउन तथा सम्मान गर्नको लागि विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरियो l सम्मान प्राप्त गर्नुहुनेमा क्रमश: रन्जना सापकोटा, सकिना इतानी, दिग्गज भट्टराई, अजय सुवाल, अमित शाही र टेक मगर रहनु भएको थियो l
नेपाली भेष भुषा, कला, सस्कृतिको संरक्षण र यसलाई बिदेशमा समेत चिनाउन नावाले हरेक बर्ष नेपाली नया बर्ष मनाउदै आएको छ l गत वर्षका कार्यक्रममा भन्दा यस वर्षको कार्यक्रमलाइ प्रभावकारी एवं मनोरन्जनात्मक बनाउनका लागि विभिन्न नौला प्रस्तुतिहरु साथै बिशेष बाल प्रस्तुतिहरुलाई जोड दिइएको थियो l
प्रस्तुतिकै क्रममा पर्थमा रहेका प्रतिभाशाली गायक, गायिकाहरुले आफ्नो गायन प्रस्तुत गरेका थिए भने कलाकारहरुले नेपाली मौलिकपन झल्किने नृत्यहरु प्रस्तुत गर्दा दर्शकहरुले र आमन्त्रित पाहुनाहरुले पनि भरपुर मज्जा लिएका थिए l कार्यक्रमलाई थप रोचक बनाउनको लागि नेपालबाट आउनु भएका पाहुनाहरुलाई पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो l जसमा दिपक कोइरालाको रोमान्चक जादु तथा डोल्मा शेर्पा र साथीहरुको नेपालीपन झल्किने लोक गीत रहेको थियो l
नावाका अध्यक्ष्य आङ दावा शेर्पाले कार्यक्रममा उपस्थित भएर नावाको कार्यक्रम सफल बनाइदिनु भएकोमा सम्पूर्ण अथिति, पर्थवासी दाजुभाई तथा दिदि बहिनीहरु, कलाकारहरु, स्पोन्सरहरु र सम्पुर्ण सहयोगीहरुलाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो l
फोटो सौजन्य: विनायक (बिम क्रियशन )