नेपालीका लागि नेपाली भन्ने मूल नारालाई शिरोउपर गर्दै अप्रिल ९ शनिवारको दिन पर्थमा वाक फर वेल फेयर,वेल फेयर फर स्टुडेण्ट कार्यक्रम शेखर घिमिरेको संयोजकत्वमा सम्पन्न भएको छ l कार्यक्रममा पर्थका जुझारु युवा तथा बिधार्थिहरु , व्यवसायीहरुका साथै एन आर एन ए डब्लु ए का कोर्डिनेटर, डेपुटि कोर्डिनेटर, सचिव , सदस्यहरु र एन आर एन ए डब्लु ए का सल्लाहकारहरुको उपस्थिथि रहेको थियो l
सहभागीहरुको थप हौशला बधाउनका लागि आइ सी सी युथ कोर्डिनेटर विजय पोख्रेल सिड्नी देखि आउनु भएको थियो l पैदाल यात्रा ब्रजउड पार्क बाट सुरु भएर साउथ पर्थ पार्क हुँदै ब्रजउड पार्कमै आएर टुंगिएको थियो l कार्यक्रमको समापनमा यस कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्नु हुने स्पोन्सर, संचारकर्मी र सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो l
नेपाली बिधार्थीहरुले भोग्ने गरेका आर्थिक, सामाजिक र मनोबैज्ञानिक समस्याहरुलाई केहि हदसम्म सम्म भए पनि कम गर्ने उद्देश्यका साथ् एन आर एन अस्ट्रेलियाले एक लाख डलरको परोपकारी अक्षयकोषको स्थापना गर्नको लागि यो कार्क्रमको सुरुवात गरिएको हो l वाक फर वेल फेयर,वेल फेयर फर स्टुडेण्ट कार्यक्रम पर्थमा सफलतापूर्वक सम्पन्न भयो l यस उद्देस्यलाई सफल बनाउन अस्ट्रेलियाका विभिन्न शहरहरुमा छुट्टा छुटै मितिमा यो कार्याक्रम संचालन हुँदै आइरहेको l
Photo By: Binayak Aryal