“मिट एन्ड ग्रीट” कार्यक्रम सम्पन्न
एन आर एन ए पश्चिम अस्ट्रेलियाले २१ फेब्रुअरी आइतवारको दिन पारेर पर्थको बेल्मोण्ट स्थित पिट पार्कको प्राङ्गणमा “मिट एन्ड ग्रीट” कार्यक्रम सम्पन्न गरेको छ l भर्खरमात्र पर्थमा नेपालबाट आउनु बिधार्थिहरु लगाएत भिभिन्न भिसामा आउनु भएका नबआगन्तुक नेपालीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ l
अध्ययन होस् या बसोबासका लागि अस्ट्रेलियाको पर्थमा आउने नब आगन्तुकहरुका लागि एन आर एन ए पश्चिम अस्ट्रेलियाले नेपाली एसोसियसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा) को सहयोगमा पुराना तथा नबाअगन्तुक नेपालीहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको हो ।
पर्थमा नयाँ तथा पुराना नेपालीहरुका बिच , आपसी सहयोग सद्भाव र समन्वय को भावना अभिब्रिद्धी गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम बेल्मोण्ट स्थित पिट पार्कको प्राङ्गण्मा २१ फेब्रुअरी आइतबारका दिन दिउसो ३:३० बजे शुरु भएको थियो ।
बिधार्थिहरु तथा नव आगन्तुक नेपालीहरुका लागि पश्चिम अस्ट्रेलियाको जीवन शैली, उच्च शिक्षा, काम तथा आवाश खोज्ने तरिका पश्चिम अष्ट्रेलियामा भएका सामाजिक संघ संस्था र तिनका काम, कर्तब्य बारे उक्त कार्यक्रममा जानकारी दिनुको साथै पर्थको भौगिलोक बातावरण, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारी, कामदारको हक अधिकार र आपतकालिन संपर्क नम्बर तथा स्थानहरुको जानकारी गराइएको थियो ।
कार्यक्रममा पर्थमा नेपालीद्वारा सन्चालित माइेग्रेसन एजेन्सी, एकाउन्टिङ फर्म लगायतका अन्य ब्यवसायीहरुले उच्च शिक्षा तथा इमिग्रेशनको नियम बारे समेत जानकारी दिएका थिए l
सो कार्यक्रममा कार्यक्रम संयोजक दिपक पराजुली हुनुहुन्थियो भने कार्यक्रमा एन आर एन ए अस्ट्रेलियाका उपाध्यक्ष राज थपलिया, एन आर एन ए पश्चिम अस्ट्रेलियाका डेपुटि कोर्डिनेटर दिपक शर्मा, सचिव शैलेश मैनाली, कोषाध्यक्ष आषिश अधिकारी ,एन सी सी सदस्यहरु दिपक पराजुली, कमल तिमिल्सिना, गणेश घिमिरे, एस सी सी सदस्यहरु दिपक शाक्य, राजेश बुढाथोकी, कृष्ण मान श्रेष्ठ, भोजराज खत्री,नबिन मैनाली,नबिन बिडरि साथै नावा का वर्तमान अध्यक्ष आङ दावा शेर्पा, उपाध्यक्ष डा. मणि पनेरु, सचिव नविन चालिसे नावाका पुर्व अध्यक्षद्य केदार रिजाल र डा. बिष्णु देवकोटा पशुपथिनाथ बौद्धनाथ मन्दिरका अध्यक्ष यादव शर्मा पत्रकारहरु कमल सिलवाल अनि रविन्द्र हेमन्त लगाएत अन्य धेरै पर्थवासीको उपस्थिति रहेको थियो l