पश्चिम अस्ट्रेलियाको पर्थमा सामुदायिक भवन साथै नेपाली मन्दिर बनाउने उद्देश्यका साथ यहि अप्रिल १५ देखि १७ तारिख सम्म तीन दिन श्रीमद्भागवत अमृत कथा वाचन हुने भएको छ । श्रीमद्भागवत अमृत कथा वाचन गर्नको निमित्त्व भागवत भाष्कर पण्डित कमलनयन गौतमको साथमा भजन कृतन टोलि समेत बुधवार पर्थ आइसक्नु भएको जानकारी पर्थ नेपाली मन्दिर समितिका अध्यक्ष श्री यादव शर्माले दिनुभयो । नेपाली धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण अनि प्रवर्धन गर्नको निमित्त्व पशुपथिनाथ बौधनाथ्को संयुक्त स्वरुप पर्थमा नेपाली मन्दिर बनाउन लागिएको हो । सन् २०१४ मा अस्ट्रेलियाको कानुन बमोजिम दर्ता गरि भवन निर्माणका लागी नियमित भजन किर्तन गर्नुको साथै विभिन्न कार्यक्रम मार्फत नेपाली समुदायबाट आर्थिक संकलन कार्य शुरु भैसकेको छ।
सोहि भवन निर्माणको सहयोगार्थ आगामी अप्रिल १५ बाट ३ दिनसम्म चल्ने सो पुण्य कार्यक्रम स्थानिय Redcliffe Park Community Centre. (Corner of Morgan Road and Field Avenue, Redcliffe) मा हुने भएको छ । साथै आयोजक पर्थ नेपाली मन्दिरले श्रीमद्भागवत अमृत कथा वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि आवश्यक तयारी पुरा गरिसकेको र पर्थमा रहने सबै नेपाली समूदायका सदस्यहरुलाई सक्रिय सहभागिताको लागि आह्वान गरेको छ । साथै यहि अप्रिल १४ तारिख बिहान ९;४५ बजेदेखि ११:३० बजे सम्म कलश यात्रा गरिने र उक्त कलश यात्रामा सम्पुर्ण भक्तजन हरु उपस्थिति भएर कार्यक्रम सफल पारिदिनु हुन सबैमा अनुरोध गरिएको छ ।