अक्टोवर ३१ , २०१६ – नेपाल पर्यटन बोर्डले पश्चिम अस्ट्रेलियाका लागी पर्थका स्थानीय व्यवसायि तथा समाजसेवी निल थपलियालाई मानार्थ पर्यटन दुत नियुक्त गरेको छ ।
बिगत लामो समयदेखि पश्चिम अस्ट्रेलियामा बसोवास गरी रेष्टुरेन्ट ब्यवसाय गर्दै आउनुभएका निल थपलिया स्थानीय स्तरमा चिर परिचित व्यक्ति हुन् । नेपाल सरकारले पछिल्लो समयमा अष्ट्रेलियाका र न्युजिल्याण्डका विभिन्न शहरहरुमा पर्यटन प्रतिनिधि नियुक्त गर्दै आएको छ । सोही क्रममा नेपाल पर्यटन बोर्डले निल थपलियालाई पश्चिम अष्ट्रेलियाका लागि प्रतिनिधिका रुपमा नियुक्त गरेको हो ।
यसै गरि नेपाल पर्यटन बोर्डले अस्ट्रेलियाकै अन्य स्टेट सिड्नीका लागी व्यवसायी बद्री अर्याल,मेलबर्नका लागी पत्रकार चिरञ्जिवी देवकोटा, र कुइन्सल्याडका लागी कलाकार तथा व्यवसायी स्वतन्त्रप्रताप शाहलाई पर्यटन प्रतिनिधि नियुक्त गरिसकेको छ ।
प्रतिनिधि नियुक्त भएपछि निल थपलियाले नमस्ते नेपाल अस्ट्रेलियासँग कुरा गर्दै भन्नु भयो मेरो काँधमा थप जिम्मेवारी थपिएको छ । प्रभाशमा बसेर पनि आफ्नो देशको पर्यटन प्रबर्द्धन गर्न पाउदा जिम्मेवारीको साथ साथै उर्जा पनि थपिएको छ।जिम्मेवारी पाउनु मेरो लागि खुशी मात्र नभएर गर्वको कुरा पनि हो । मैले आफ्नो तर्फबाट पर्यटन प्रबर्द्धनका लागी गर्नुपर्ने हर प्रयास गर्ने बताउनु भयो ।
थपलिया यस अधि नै नेपाली पर्यटनलाइ प्रबर्द्धन गर्ने थुप्रै कामहरु गरिसक्नु भएको छ । यति मात्र नभई आफ्नै सबै रेष्टुरेन्टहरुमा पनि नेपाली कला संस्कृति झल्किने थुप्रै तस्विर तथा सामग्री राख्नु भाको छ । अझ रोचक कुरा त रेष्टुरेन्टमा आउने बिदेशी पाहुनालाई ढाकाको टोपी अनि खुकुरी समेत उपहार दिदै आउनु भाको छ थपलिया पर्यटन प्रतिनिधि नियुक्त भएको खबरले पर्थका नेपाली समुदाय उत्साहित छन्। स्थानीय समुदायमा राम्रो पहिचान भएका कारण समेत थपलियाले नेपाल पर्यटनका लागि राम्रो काम गर्नसक्ने अपेक्षा गरिएको छ ।