पर्थ-अगस्त ३०, भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस टेबुलटेनिस प्रतियोगिता आइतवार पर्थमा सम्पन्न भएको छ l
पर्थ-नेपालले बिगत चार बर्षदेखि आयोजना गर्दै आइरहेको उक्त प्रतियोगिताको तेस्रो संस्करणमा पर्थ र आसपासका नेपाली खेलाडी तथा दर्शकको बाक्लो उपस्थिति थियो l
उक्त खेल अन्तरास्ट्रिय प्रतियोगिता हुने वेस्ट्रन अस्ट्रेलिया टेबुल टेनिस एशोसियसन भिक्टोरिया पार्कमा सम्पन्न भएको थियो l आइतवार सम्पन्न भयोको प्रतियोगितामा ब्वाइज सिङल तर्फ अजेस महर्जनले प्रथम स्थान कब्जा गरेका थिए भने राकेश शाक्यले रनर अप शिल्ड आफ्नो पोल्टामा पारेका थिए l यता ब्वाइज सिङल क्याजुयल तर्फ़ भने सुदिन महर्जन प्रथम र प्रविन्द्र अवाले रनर अप भएका थिए l
त्यसैगरि ब्वाइज डबलमा संजिव ढकाल र विभूषित घिमिरेको जोडीले प्रथम स्थान सुरक्षित गर्न सफल भए भने रनर अप प्रविन्द्र अवाले र सुदिन महर्जनको जोडीले सुरक्षित गरेको थियो l
टेबुलटेनिस प्रतियोगिताको गल्र्स सिङल तर्फको उपाधि स्वस्तिका पौडेलले कब्जा गरिन भने रनर अपको उपाधि तारा हम्बेल्टन्ले जीतेकी थिईन l प्रतियोगिताका बिजेता तथा खेलमा भाग लिनुहुने सबैलाई पुरस्कार तथा प्रमाण-पत्र बितरण गरिएको थियो l
पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नेहरुमा एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष श्री राज थपलिया, नेपालि एशोशियसन अफ वेस्ट्रन अस्ट्रेलियाका अध्यक्ष श्री आङ दावा शेर्पा, पर्थ नेपाली मन्दिरका अध्यक्ष श्री यादव शर्मा, गुर्खाज नेप्लिस रेस्टुरेण्टका प्रोप्रईटर श्री निल थपलिया, तथा पुर्व नेपाल च्याम्पियन एवं अन्तरास्ट्रिय टेबुलटेनिस खेलाडी श्री अजय सुवाल र गत बर्षका पर्थ नेपाल टेबुल टेनिस च्याम्पियन तथा अनुभभि टेबुलटेनिस खेलाडी अमित शाही हुनुहुनथियो l
उक्त पुरस्कार तथा प्रमाण-पत्र बितरण कार्यक्रमको संचालन फ्रेन्ड्स अफ नेपालका दीपक शाक्यले गर्नु भएको थियो l प्रतियोगितामा म्याच रेफ्रीको भूमिका रोनाल्ड डल्लाकोटिले निरवाह गर्नु भएको थियो l
पर्थ नेपालले यस वर्षदेखि ब्वाइज डबल प्रतियोगिता थप गरको थियो भने अर्को बर्ष हुने प्रतियोगिता अझ बिशेष हुने प्रतियोगिताका संयोजक तथा पर्थ-नेपालका सदस्य संजय चौधरीले नमस्ते नेपाललाइ जानकारी दिनुभयो l
प्रतियोगितामा व्यावसायी तथा समाजसेवी भैरब ढकाल,नेपाली एशोशियसन अफ वेस्ट्रन अस्ट्रेलियाका अध्यक्ष श्री आङ दावा शेर्पा, उपाध्यक्ष मणि पनेरु, एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष श्री राज थपलिया, पर्थ नेपाली मन्दिरका अध्यक्ष श्री यादव शर्मा, लगाएत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो l
साथै भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस टेबुलटेनिस प्रतियोगिता २०१६ को स्पोन्सरहरुमा पर्थमा रहेका भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस, एभरेष्ट टुर एण्ड ट्रावल पोइन्ट, म्याक्स ट्याक्स, एभरेष्ट प्रोपर्टी एण्ड फाइनान्स र गुर्खाज नेप्लिस रेस्टुरेण्ट रहेका थिए l
उक्त प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरु, खेलाडीहरु, स्पोन्सरहरु, सम्पुर्ण सहभागीहरु अनि मिडियाप्रति पर्थ-नेपाल परिवारले हार्दिक आभार प्रकट गरेकोछ l पर्थ नेपालले हरेक बर्ष विभिन्न खाले खेलहरु क्रिकेट अनि टेबुलटेनिस जस्ता खेलकुद आयोजना गरेर नेपाली समुदाय पर्थमा खेलकुदको बिकाशमा टेवा पुराउदै युवाहरुलाई खेलप्रति आकर्षित गरेकोछ l
फोटो सौजन्य: श्री न्यौपाने