पर्थ ,१ अप्रिल
नेपाली एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलिया (नावा) ले हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाली नया बर्ष २०७३ मनाउने भएको छ l अप्रिल १० तारिख आइतवारको दिन साँझ ५ बजेबाट स्थानीय डब्लु ए इटालियन क्लबमा नेपाली नया बर्ष २०७३ बिबिध सास्कृतिक कार्यक्रमका साथ् भब्य रुपमा मनाउने भएको छ l
नेपाली कला, सस्कृतिको संरक्षण र पुराना तथा नया पुस्ताबीच अनुभब साटा साट अनि नेपाल र नेपालि कला सस्कृतीलाइ बिदेशमा समेत चिनाउन नावाले हरेक बर्ष नेपाली नया बर्ष मनाउदै आएको छ l साथै पश्चिम अस्ट्रेलियाका सम्पुर्ण नेपालीहरुलाई एकताको मालामा गाँसेर नेपाली समाजमा महत्वपुर्ण भूमिका खेल्न सफल नावाले यसै बर्षदेखि लागु हुने गरि नावाको सदस्य कार्ड भएका सदस्यहरुलाई निशुल्क प्रवेश को व्यबस्था गरेको आयोजक नावाले जानकारी दिएको छ l
साथै नया सदस्यता लिन चाहने नेपालीहरुका लागि अनलाइन www.nawa.org.au मार्फत पनि दर्ता खुला गरेको छ l कार्यक्रममा नेपाली कला र संस्कृति भेष-भुषा झल्कने बिभिन्न प्रस्तुतिहरु रहने साथै कार्यक्रम स्थलमा सेलरोटी, म:म , बर्गर लगाएतका नेपाली खानाका परिकार सुलाव मुल्यमा पाउने ब्यबस्था समेत रहेको नमस्ते नेपाललाई जानकारी आएको छ l
पश्चिम अस्ट्रेलियाका सम्पुर्ण नेपाली आमा बुवा, दाजु भाइ तथा दिदि बहिनीहरु कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल बनाइदिनु हुन पनि नावाका अध्यक्ष्य श्री आङ दावा शेर्पाले अनुरोध गर्नु भएको छ l
प्रवासमा बसेर पनि हामि हाम्रो कला सस्कृतिलाई सधै हाम्रो साथमा लिएर हिड्नु पर्छ l हामीले हाम्रो चार्डपर्व, भेष भुषा र भाषामा निरन्तरता दिनु पर्छ र हाम्रो बालबच्चालाई आफ्नो परम्पराको निरन्तरताको बारेमा सिकाउनु पर्छ भन्ने कार्यक्रमको मूलमन्त्र रहेको छ l
हामिभित्र गौतम बुद्धको जस्तो शान्त स्वभाव अनि सगरमाथा जस्तै उच्च शिर पनि छ l नेपाली कला, सस्कृतिको संरक्षण र प्रबर्धन गर्दै हाम्रो भेष भुषालाइ निरन्तरता दिन सक्नु पर्छ र हामि नेपाली हौ नेपाल हाम्रो देश हो भने कुरा कहिलै बिर्सनु हुदैन l नेपाली कला संस्कृति नेपाली-नेपाली बिचमा मात्र नभएर विदेशीहरुको बिचमा पनि चिनाउन सके मात्र नेपाली कला साहित्य र संस्कृतिको संरक्षण हेनेछ l