लेखक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
पर्थ अस्ट्रेलियामा आबद्ध हुनुहुन्छ l
कुरा सन् २०१२ मे तिरको हो उनलाई मैले पहिलो चोटि भेटेको तो पनि मेरो एउटा साथिको घरमा। म निम्तो मान्न त्यहा गएको थिए। पहिलो भेटमा नै उनी प्रती म आकर्षित भए।
सायद मेरो हेराइ र बोलाइमा तेति धेरै जादु थिएन त्यसैले सामान्य परिचयमा मेरो असामान्य प्रभाव छोडिएन उनमा। त्यस दिन धेरै अबेरसम्म पार्टी चल्यो। म पनि अलि अलि पिउन थालेको भर्खरै भर्खरै भएको थियो त्यसैले पिउने बहानामा साथीहरू सङ्गै उनको केही झल्को पाउने आशामा अलिक बेर त्यही बसे।
करिब ११ बजे राती म पार्टी बाट घर तिर निस्किए र उनी म बाट ४ बर्षका लागि हराइन।
फेरि कतै भेटिन्छ कि भनेर त्यस पछि का हरेक कार्यक्रम र पार्टीहरुमा मेरा यी मनका नयनले धेरै चोटि उनलाइ खोज्यो तर अह भेटिइन्न।
तर ४ बर्ष पछि अचानक उनलाइ भेटे एउटा पार्टिमा यो नौलो ठाउँमा। यसपट्क चाहिँ अलि अनौठो भयो। म बसेकै ठाँउमा उनी आइपुगिन र नमस्ते आशिस दाइ भन्दै मेरो उनी प्रतिको सोच लाइ गलत साबित गरिन।
अचानक मलाइ गरिएको उनको तो सम्बोधनले म नतमस्तक भए र उनलाई हेरिरहे। केही क्षण पछि आफुलाइ सम्हाल्दै नमस्ते फर्काए र नचिने जस्तो गरि उनलाइ सोधे!
तिमी को हौ रे? र मलाई यति नजिक बाट कसरी चिन्छ्यौ?
यसपटक झस्किने पालो उनको थियो।
र एकछिन टोलाएर भनिन्न!
के त हजुर ……को पार्टीमा आउनु भाथ्यो नि २/३ बर्ष अगाडि …….तो ठाउँमा!
मलाइ चिन्नु भएन म उषा के!
मैले आफुलाइ अतिसरलीकृत नबनाइकन सोचाइको परर्दृष्यमा हुत्याए, एकछिन मास्तिर हेरे र भने !
ए हो त हगि! अनि तिमी कता बाट? अनि कता हराएको यत्रो बर्ष? Bye the way २/३ बर्ष होईन पूरा ४ बर्ष २ महिना ७ दिन भो।
सायद मेरो हिसाबि जवाफले उनलाइ अचम्मित बनायो होला त्यसैले एकैछिन टोलाएर मलाइ यस्तरी हेरिन कि मलाइ लाग्यो मैले केही गल्ती बोले।
एकछिन को मौनता लाई चिर्दै उनले भनिन्न तपाईं लाई त बर्ष, महिना र दिन सम्म कण्ठै रहेछ त अनि किन अघि नचिने जस्तो गरि प्रश्न सोधेँको नि? तपाईं लाई थाहा छ त्यस पछि मैले तपाईं लाई कति खोजे?
मैले उनको प्रश्नको जवाफ फर्काउनु भन्दा अगाडि नै उनले बातचित अन्त मोड्दै भनिन्न! भो छोड्दिनुस तो कुरा।
Anyway तपाईं पर्थ चाहि कहिले आउनु भो र
सधैं को लागि हो कि फेरि फर्कने हो उतै?
मैले भने अब यतै बस्नेगरि आएको नि।
मेरो यो जवाफले नजानिदो पारामा उनि खुशी भएको अनुभती मलाइ भयो।
त्यस पछि मैले सोधे! तिमीले चाहि मलाइ कसरी सम्झ्यौ र किन खोझ्यौ त? मलाई त लाग्थ्यौ तिमिले नोटिस नै गरेकी थियनौ तो पार्टिमा! उनले केही बोलिन्न, मैले फेरि कुरा लाई यतै पर्थ तिर मोड्दै सोधे!
अनि तिमि चाहिँ कता बस्छयौ त? उनले फेरि केही बोलिन्न। मलाइ लाग्यौ यो केटिले भाउ खान थाली त्यसैले मेरो प्रश्नहरु को जवाफ दिइन।
एकै छिन मा हाम्रो मौनता लाई चिर्दै केही साथीहरू हामी भएको ठाउँमा आए
र भने जाउ भित्र अब केक काट्ने बेला भो।
त्यस पछि हामी सङ्गै भित्र गयौ।
केक काट्न लाई भित्र केटाकेटी झुम्मेर बसेका थिए। एकै छिनमा केक काट्ने र खाने काम भो। मेरो अँखाले उनलाइ खोज्दा खोज्दै पनि हेर्न सककिरहेको थिएन किन कि म चाहादैन थे उसलाई लागोस म मरिहत्ते गर्दैछु भनेर र लागोस उनको ब्यक्तिगत क्षेत्रमाथी नियन्त्रणको प्रयासमा म छु।
केही छिनमा पार्टी सकियो र छुट्टिने समय आयो।
केही असजिलो हुनेगरी उसले भनी ” हेर्नुस् न मेरो गाडी नै छैन, मलाई ट्रेन स्टेसन सम्म छोड्दिन सक्नुहुन्छ?”
ब्यक्तिको निजि जिवनमाथी प्रश्न तेर्साएर म हात हाल्न नरुचाउने मान्छे त्यसैले केही नसोधी हुन्छ भन्दिए।
सायद उसलाइ मैले हुन्छ भन्छु भन्ने पहिला नै थाहा थियोे क्यारे!
त्यसैले सिधै ल जाउ न त भनी र एकैछिनमा मेरो गाडिमा हामी भिकपार्क ट्रन स्टेशन तिर लाग्यौ।
***
ट्रेन स्टेसनमा पुग्दा पत्ता लाग्यो लास्ट ट्रेन भर्खर छुटेछ। उसले निनाउरो अनुहार बनाएर मेरो अँखा मा हेरि!
मैले कुरो बुझिहाले र भने “ठिकै भयो, तिमी सङ्ग एकैछिन भएपनी सङ्गै हुने भए, ल जाउ हिड म तिमिलाइ घर सम्मै पुर्याइ दिन्छु”।
उ एकछी केही पनि बोलिन सायद केही सोच्दै थिइ! मैले उसको एकाग्रता लाई चिर्दै फेरि offer गरे जाने बिचार छैन कि क्या हो?
यसपटक भने उसले मुस्कुराउदै भनी “हस महाराज, हजुरको जो आज्ञा”
मुस्कुराउदा उ कम्ता राम्री देखिएकी थिइन। माधुर्य बोली र उनी बाट निस्केको वाणीले मेरो शु-सुप्त रहेको प्रेमभाव लाई प्रष्टफुट्न गर्लाझै भयो त्यसैले आफुलाइ सम्हाल्दै भने!
महाराज होइन, आशिष हो आशिष। आशिष मात्र भन्दा नि हुन्छ नि!
मेरो आसय बुझी सायद त्यसैले झट्ट भनी हाली “म त दाइ नै भन्छु आशिष दाइ”!
मैले उसको घुमाउरो कुरा बुझी हाले र धेरै जोड गर्न सान्दर्भिक ठानिन त्यसैले गाडी स्ट्राट गरि अगाडि हुइक्याए।
एकछिन को मौनता लाई चिर्दै उसले सोधी
तपाईं कहाँ बस्नु हुन्छ त यहाँ पर्थमा?
मलाई भनौ कि नभनौ भो। एकछिन पछि भन्नै मन लाग्यो र भने अघि जुन सर्बभब बाट हिड्यौ नि तेहि सर्बभब भिकपार्क मा।
अनि तिमी चाहिँ कहाँ बस्छ्यौ र को सङ्ग?
मेरो प्रश्नको उत्तर गुमाउरो पारामा दिदै भनी
“म अहिले लाई चाहिँ क्यानिङ्गटन मा बस्छु ” उसले मेरो दोस्रो प्रश्नको जवाफ फर्काइन।
मैले पनि दोहोराएर शोध्न जरुरी ठानिन।
एकैछिन मा उसको street आइपुग्यो र भनी
“मलाई यहीँनेर झार्दिनु न”
म अचम्म मान्दै भने ” किन नि यहाँ म घर सम्मै पुर्याइदिन्छु”
उसले अब चाहिँ अलि विनम्रताका साथ बिन्ती बिसाउदै याचना गरि “अहिले लाई यहीँनेर झार्दिनुन है”
उनले अहिले लाई भने पछि मलाइ पनि कता कता फेरि आर्को चोटि धेरै चोटि आउन पर्ने भो भन्ने लाग्यो र मन मनै खुशी हुँदै त्यही गाडी रोकिदिए, उ गाडी बाट झरी एकपटक म तिर फर्की र “आशिष Thank you a lot for the lift” भन्दै अगाडि लम्किइ।
मलाई अघि भर्खर सम्म आशिष् दाइ भन्ने उषा ले अहिले आशिष मात्र भन्दा ठुलै युद्ध जिते झै भयो र लाग्यो संसार को सबैभन्दा ठूलो सुख नै आफुलाइ कसैले माया गर्दैछ भन्ने बिश्वास हो जुन बिश्वास उषा बाट भर्खरै पाउदै थिए।
त्यसपछि म आफ्नो बसस्थान मा फर्किए
रातभर निन्द्रा लागेन खै किन हो उषा प्रतिको मोहले होला। त्यस रात ननिदाइ बित्यो। भोलि पल्ट अफिस मा बेसरी गाह्रो भो र बिरामी छु भनेर घर चाडै निस्किए। घर त आए तर मन कत्ती पनि लागेन, त्यसैले गाडी निकाले र हुत्तिए किङ्स पार्क तिर मन हलुका बनाउन। किङ्स पार्कमा एकै छिन मा पुगे यताउता अँखा चहारे, पर्थ सहरको दर्शन नभएको पनि धेरै भएको रहेछ यसो नियाले। बन्दै गरेको शहर, स्वान रिभर, रिभर माथी तैरिरहेका केही पानी जहाज(“फेरि” भन्दा बढी सुहाउछ होला) अनि पारी पट्टिको south पर्थ हेर्दै कम्ता रमणीय थिएन। मन एकैछिन भएपनी थामियो। यसो मोबाइलमा समय हेरेको त एक घण्टा बितिसकेछ। अब भने घर तिर लागु जस्तो भो र हिडे त्यहाँ बाट। घाडिमा आएर गाडी स्टार्ट मात्र के गरेको थिए एउटा फोन आयो नचिनेको नम्बर बाट। सामान्यतया नचिनेको नम्बर बाट म कार मा भएको बेला फोन आयो भने सितिमिति फोन उठाउदिन तर त्यस दिन फोन उठाए र भने “हेलो हु इज दिस?”
उता बाट एउटा चिने चिने जस्तो केटिको आवाज आयो र भन्यो “कति छिट्टै जान थाल्या? किङ्स पार्क घुमेर पुग्यो?”
म एकछिन अक्क न बक्क परे। के भनौ के भनौ भो। मेरो विवेकले भ्याए सम्झेसम्म आज सम्म मलाई कसैले झुक्याएर फसाएको छैन तर आज नचिनेको नम्बर बाट फोन आयो तर मलाई राम्ररी चिने झै प्रश्न गर्छ।
एकछिन म रन्थनिएको देखेर उतै बाट परिचय सहित फेरि आर्को प्रश्न आयो “म उषा के चिनेनौ मलाइ?”
अब भने म साच्चिकै रन्थनिए। किन कि मेरो मोबाइलमा उषाको फोन आयो जसलाइ हिजो मात्र ४ बर्ष पछि भेटेको थिए अनि हामिले फोन नम्बर पनि लिएका थिएनौ एक आर्काको। मैले झर्को मान्दै भने “को उषा?” “अनि मेरो नम्बर कता बाट पायौ?”
सायद उषा ले मेरो झर्कोपन महसुस गरिछे क्या हो त्यसैले सरि भन्दै फोन राखी।
अब भने मलाई धिक्कार लागेर आयो। रात भर जस्को कारणले निन्द्रा नपरेर निदाएको छैन उसैको फोन आउँदा म झर्किए।
धेरै नसोचिकनै तेहि नम्बरमा फोन लगाए। फोन घण्टि धेरै बेर गयो तर फोन उठेन। फेरि तेहि नम्बर रिडाइल गरे अहिले पनि घण्टि गयो फोन उठेन। मलाई पश्चातापको आगोले यसरी जकडियो कि म कार बाट कती खेर निस्किएछु थाहै पाइन। एकै छिन मा आफुलाइ सहिद स्मारक को छेउमा पाए। चारै तिर अँखा डुलाए, अह कतै भेटिन। फेरि सोचे कार पार्क तिरै होलि, दौडिएर कार पार्क तिर आए, सबै तिर हेर अह कतै देखिन। उषा कतै नभेटिए पछि एउटा मेसेज पठाए “सरि उषा, please call me back once”
त्यसपछी गाडी स्टार्ट गरे र घर तिर हुइकिए। बाटो भरी मनमा कुरा खेली रह्यो र आफु देखि ग्लानी भएर आयो।
घर पुगे, भित्रै देखि भोक लागेर आएको थियो यसो फृज खोले, चिकन रहेछ निकालेर डिफ्रोज गर्न माइक्रोवेब मा राखे। लसुन प्याज काट कुट पारेर चिकेन काट्न थालेको मात्र के थिए एउटा मेसेज आयो टिङ्ग गरेर मेरो मोबाइलमा। मैले हत्तपत मोबाईल निकालेर मेसेज हेरे ” सी यु टुमोरो, होप उ वोन्ट वि रुड अगेन”
मलाई अहिले भने साच्चिकै दया लागेर आयो उषा र उसको दुखेको मुटु प्रती। आफैलाइ गाली गर्दै एउटा मेसेज रिप्लाई गरे “अफकोर्स सी यु टुमोरो एण्ड सरि फर माइ रुड्नेस, वोन्ट ह्यापन अगेन फर स्योर,गुड नाइट”
एकछिन मा उषाको रिप्लाई आयो “होप यु स्लीप वेल टुनाइट”
सायद मलाइ नजिकै बाट उसले नियालेको हुनुपर्छ त्यसैले गएको राती म ननिदाएको भन्ने चाल पाइछ नत्र आज राती चाहिँ राम्रो सङ्ग निदाउला नि भनेर किन भन्थी!
मन भित्रै बाट फुरुङ्ग भएर आयो र लाग्यो कोहि त छ यो संसारमा मलाइ नजिक बाट नियाल्ने।
यत्तिकैमा मलाई एउटा कुरा सोध्न मन लाग्यो र मेसेज रिप्लाई गरेर सोधे “हाउ डिड यु गेट माइ नम्बर?”
उषाले रिप्लाई गर्न अलि ढिलो गरि तर रिप्लाई गरि “यु आर सो फेमस सो इट वाज नट हार्ड टु गेट योर नम्बर”
मैले मन मनै सोचे यो केटिले मलाई घुमाउरो पाराले घुमाएरै छाडी।
त्यसपछी म खाना बनाउन लागे। आज अरु दिन भन्दा भिन्न र मीठो लाग्यो चिकेन करि
सङ्ग टर्किस ब्रेड।
खाना साना खाइ सकेपछि सुत्ने तर्खरमा लाग्दै गर्दा फेरि एउटा मेसेज आयो उषाको र मेसेजमा लेखिएको थियो “होप यु हेड गुड डिनर”
मैले तुरुन्तै फोन गरे, उषा ले फोन उठाइ र भनी किन फोन गरेको यतिखेर?
मैले भने किन फोन गर्न नहुने के छ त्यस्तो यतिबेला? होइन त्यस्तो त केहि होइन तर तिमी हिजो राती अबेरसम्म म सङ्गै थियौ र राती अबेर सुतेउ होला अनि निन्द्रा पुगेको जस्तो पनि देखिएको थिएन त्यसैले नसुतेर किन यतिबेला फोन गर्नु पर्यो भनी।
मैले तुरुन्तै भने ” किन यति बिदि ख्याल राखेकी नि! के हो आफ्नै बनाउने सोच छ कि क्या हो? मेरो यो अप्रत्याशीत प्रश्नको जवाफ सायद थिएन होला त्यसैले कुरा अन्त मोड्दै भनी तपाईंको घर नेपालमा कहाँ हो?
मलाई लाग्यो उषा लाई पक्कै अफ्ट्यारो पर्यो होला त्यसैले कुरा अन्तै मोडि।
र उसको प्रश्नको जवाफ फर्काए कहाँ हुनु नी काठमाडौ त हो!
ए तपाईं त काठमाडौ को पो! मैले भने हो किन र ? अनि तिमी चाहिँ कहाँ को नि?
मेरो प्रश्नको जवाफ फर्काउन हिचकिचाइ अलिकति। अलिक बेर सम्म उषाले केही नबोले पछि मैले करै लगाएर फेरि सोधेँ भनन तिम्रो घर कहाँ हो नेपाल मा?
यसपटक चाहिँ उसले भनी “चितवन हो”
अनि त्यति भन्न नि के को गार्हो त? मैले प्रश्न गरे उषाले जवाफ फर्काइ “सबै लाई सबै कुरा भन्दा कहिलेकाही गार्हो हुनेरहेछ त्यसैले नि”
मैले भने ” ए त्यसो भे म अब सबै भित्र परे हगि?”
उषाले केही पनि भनिन र फोन राख्छु है भन्दै बिदा माग्न थालिन। मैले पनि धेरै बर्ष पछि भेटेको मान्छे लाई धेरै प्रश्न तेर्साएर तनावग्रस्त बनाउन उचित लागेन त्यसैले गुड नाइट सी यु टुमोरो भन्दै फोन राखिदिए।
फोन त राखी दिए तर उषा को घुमाउरो जवाफको कुरा नबुझेर फेरि मन मा कुरा खेल्न थाल्यो। उषाले किन त्यसो भनी भनेर सोच्न थाले। सबै कुरा को जवाफ चाहिएकै बेलामा मिलेन भने कति गाह्रो हुन्छ अनुभव गरेर आर्को दिन भेट हुँदा सोध्ने बिचार गरेर बिस्तारामा पल्टिए।
बिहान उठ्दा ७ बजि सकेको थियो। सरासर बिहानको नित्यकर्म सकेर कालो कफि र थोरै ब्रेकफास्ट खाए। ब्रेकफास्ट खाइसकेपछी उषा लाई मेसेज पठाए कतिखेर भेट्ने भनेर।
किन कि आज शनिबार थियो र शनिबार/आइतबार मेरो सधैं अफ हुन्छ। केहीबेर पछि उषाको मेसेज आयो ” Around 12 noon, lunch time, is it ok?”
मैले तुरुन्तै “ok, but where do you want us to meet?” भनेर मेसेज गरे, उषा ले तुरुन्तै मेसेज गरिन “Dome @ Victoria Park, what do you think?”
ok done, see you there then भनेर रिप्लाई गरे अनि पहिलो Date को कल्पनामा आफुलाइ श्रृङ्गार्न थाले।
रेडि भएर ११:४५ मा नै भिकपार्क को डोम मा पुगे, उषा पहिला नै आएर बसिरहेकी रहेछिन मलाई देख्ने बित्तिकै भनिन ” कति छिटो आएको नि!” तिमी छिटो आएको कि म? भनेर मैले भने! उ मुसुमुसु हास्दै केही बोलिन। मलाई लाग्यो मेरो हेयर स्टाइल मन नपरेर हासी होलिन किन कि आज पहिलो चोटि मैले आफ्नो कपाल मा जेल लगाएको थिए त्यसैले म आफैलाइ पनि अलि अलि लाज लागिरहेको थियो।
मैले कुरा अन्तमोड्दै भने ” के खाने?, तिमी जे खान्छौ म तेहि खान्छु उषाले तुरुन्तै मेरो प्रश्नको जवाफ फर्काइन। तेसो भे कक्टेल खान्छयौ त मैले फेरि उषा लाई अफ्ट्यारो पार्दै सोधे, डोम मा अलकोहोल पाइदैन मिस्टर भन्दै झर्किइ। रिसानी माफ मैसाप भन्दै भने तेसो भे तिमी आफै अर्डर गरन त।
उषाले मेनु हेर्दै भनि “Omlette with Feta spinach and toast, and orange juice” मैले उषाले भने जस्तै अर्डर गरे दुबै जना लाई तर मलाई drink चाहिँ क्यापाचिनो टेकवे कपमा मगाए।
एकछिन मा लन्च आइपुग्यो। दुबैले केही नबोली कपाकप लन्च लियौ। मेरो कफि चाहिँ सिद्धिएको थिएन त्यसैले आफू सङ्गै लिएर निस्किए उषाको पछि पछि।
बर्जुड पार्क तिर जाउन है भनिन उषाले। मैले हुन्छ भने त्यसपछि हामी सिधै बर्जुड पार्कमा पुग्यौ। कार पार्क गरेर सरासर उषाको पछि लागे। केही पर एकान्त मा पुगेर उषा रोकिइन र भनिन “आशिष यहीँ बसौ है” मुन्टो हल्लाउदै मैले हुन्छ भने र हामी तेहि बस्यौ।
एकछिनको मौनता लाई चिर्दै मैले उषाको ब्यक्तिगत जिन्दगी चिहार्न चाहेको,उनको बारेमा जान्न खोजेको मनसाय व्यक्त गरिदिए
र हिजोको उनको घुमाउरो जवाफको बारेमा जान्न चाहे।
उषा एकछिन केही बोलिन्न, म पनि चुपचाप उनलाइ हेरि मात्र रहे।
कति राम्रो छ यो पर्थ अनि यो बर्जुड पार्क
उषाले एक्कासी कुरा लाई अन्तै मोड्दै मेरो मनसायको जवाफ नफर्काएर तितो अनुभुती दिइन। मैले पनि केही बोलिन र टोलाएर बसिरहे।
केही क्षण पछि उषाले हाम्रो अघोषित Date लाई बिट मार्दै भनी “अब जाउ है!”
मैले केही पनि बोलिन फेरि र टोलाइ मात्र रहे स्वान रिभर लाई हेर्दै।
आशिष के म तिमिलाइ बिश्वास गर्न सक्छु भन्दै एकैचोटि नसोचेको प्रश्न गरिन उषाले।
मैले किन र के भो र भने। तिमिलाइ बिश्वास गर्न सक्छु कि सक्दिन तो भनन पहिला भन्दै फेरि तेहि प्रश्न दोहोराइन।
के लाग्छ तिमिलाइ? भनेर प्रतिप्रश्न गरे।
उषाले केहिबेर केही बोलिन्न। त्यसपछि मैले भने “किन हो थाहा छैन उषा जुन दिन देखि तिमिलाइ मैले देखे त्यस दिन देखि तिमी मेरो मानसपटलमा छापिएकी छ्यौ। धेरै बर्ष पछि तिमी सङ्ग फेरि भेटिनु सायद तिमी प्रति को मेरो बिश्वास होला। मैले पनि तिमिलाइ धेरै चोटि खोजे तिमिले जस्तै। थाहा छैन यो मेरो तिमी प्रतिको प्रेम हो वा अरु नै केही हो तर एउटा कुरा चाहिँ निश्चित छ म प्रेम गर्ने मान्छे जसले प्रेम लाई पनि प्रेमिलो तरिका ले प्रेम गर्छ। यदि तिमी मेरो यो बिश्वास लाई बिश्वास गर्छ्यौ भने म भन्छु तिमी मलाइ पुर्ण रुपले बिश्वास गर्न सक्छ्यौ।”
मेरो जवाफले उषा लाई एकछिन अक्क न बक्क बनायो केही बोल्न सकिन्न तर भित्र भित्र मख्ख परिरहेको आसय उनका नयनले दिदै थिए।
केहिबेर पछि उषाले मलाई आफ्नो टाउकोमा मेरो दाहिने हात राख्दै सोधिन,”के तिमिलाइ मैले मेरा केही गोप्य कुराहरू बताउन सक्छु?
अनि के तिमी त्यसलाई गोप्य राख्न सक्छौ?
के गोप्य हो त्यस्तो भनन? मैले भने।
उषाले फेरि दोहोराएर सोधिन”के तिमी मैले भन्न गइरहेका मेर गोप्य कुराहरू लाई गोप्य राख्छौ त?
अब भने मलाई भित्रै देखि अलिक सिरियसनेस देखाउने पर्ने आभास भो उषाको गोपनियता थाहा पाउन। अनि भित्र भित्रै सोचे, उषाले किन मैले भर्खरै ब्यक्त प्रेम लाई नजरअन्दाज गरि आफ्नो कुरा बताउन खोज्दै छिन।
म अलि गम्भीर भएको देखेर उषाले आफ्नो कुरा यसरी बताइन
” मलाई थाहा छ आशिष तिमी मलाई औधी माया गर्छौ, पहिलो पटक भेट्दा नै तिम्रो अँखा मा मैले म प्रतिको स्नेह भेट्टाएको थिए त्यसैले धेरै समय सम्म तिमिलाइ खोजिरहे।
म एउटि अबला, पढ्न भनेर अस्ट्रेलिया आएको ऋणधन गरेर। त्यसैले पढाई सक्ने बित्तिकै म पर्थ झरे किन कि यहाँ मेरो दिदि भिनाजु हुनुहुन्थ्यो। अहिले उहाँहरु मेलबर्न मा हुनुहुन्छ। पर्थ बस्ने क्रममा एक दिन एउटा पार्टीमा नवीन सङ्ग भेट भो। उ पनि दिलको सार्है सफा मान्छे, हासी मजाक गर्ने र सबैभन्दा राम्रो अरुको ज्यादै ख्याल राख्ने मान्छे। सुरुको भेटमा नै उसको अँखा मा तिम्रो जस्तै स्नेह देखे म प्रती। त्यसपछि का दिनहरुमा धेरै चोटि भेट भो हाम्रो। उ सधैं मजाकै मजाकमा तिमी लाई पाउने मान्छे त भाग्यमानी हुने भो भन्थ्यो। म चाहिँ मन मनै तिमी नै त हो नि तो भाग्यमानी भन्थे।
तर अह, नवीनले कहिल्यै मुख खोलेर “I Love you” भनेन त्यही पनि कुनै दिन त भन्ला नि भनेर उसको प्रेम प्रस्ताव कहिले आउँछ भनेर कुरेर बसे। २ बर्ष बित्यो अह नवीनले प्रेम प्रस्ताव राखेन मलाई। म चाहिँ भित्र भित्रै नविनकै भइसकेको थिए। सम्पुर्ण रूपमा उसलाई आफ्नो बनाउन चाहान्थे।
त्यसैले एक दिन म आफै प्रेम प्रस्ताव नवीन सङ्ग राख्छु भनेर नवीन लाई भेट्न बोलाए। उ आयो यहि पार्कमा यहिनेर नवीन लाई मैले मेरो मनका सम्पुर्ण कुराहरु ब्यक्त गरिदिए तिमिलाइ अहिले जसरी ब्यक्त गरेको छु त्यस्तै गरेर। नवीन एकछिन चुप लाग्यो र फेरि कुरा अन्त मोड्दै पर्थ शहरको बयान गर्दै भन्यो “कति राम्रो छ है यो शहर! मलाई उसले कुरा मोडेको कत्ती पनि मन परेन लाग्यो यो केटा ले मलाइ सताउनकै लागि यसो गर्या हो!
मैले अहिले चाहिँ अलिक जोड गरेर नवीन लाई मेरै प्रस्ताव माथी जोड्ने प्रयत्न गरे।
यसपटक चाहि नवीन सङ्ग उम्कन मिल्ने कुनै ठाउँ थिएन त्यसैले “म तिम्रो प्रेम प्रस्ताव स्वीकार्न सक्दिन उषा” भन्दै त्यो बसाईलाई बिट मार्दै निस्कियो। म तेहि धेरै बेर सम्म ठिङ्ग उभिइरहे। सम्पुर्ण धर्ती हल्लिएर लडुला झै भो। किन नवीन ले मेरो प्रेम प्रस्ताव स्वीकार गरेन? कि उसको जीवनमा अरु कोहि छ? यदि कोहि हुन्थ्यो भने त यत्रो २, २ बर्षमा थाहा हुने थियो त। आफ्नो बा आमा लाई किन भेटाउथ्यो त अनि जहिले जहाँ बोलाउदा नि कसरी र किन भेट्न आउथ्यो त? यी यावद कुराहरुले मेरो दिमाख फुट्ला झै भो। के गरम, कसो गरम, कसलाइ गएर मन भित्रको बह पोखौ पोखौ भो।
भाग्यबस बेलुका साथिको छोराको बर्थ्डे पार्टीमा तिमी भेटियौ र लाग्यौ कोहि त हुने भो मेरो मन भित्रको बह सुनी दिने। तेहि भएर नै म तिमी भएको ठाउँमा गएकी तेत्रा केटाहरु हुँदा हुँदै पनि। जब मन भित्र भित्रै जल्दो रहेछ तब बाहिरी सामाजिक डडेलोको वास्तै हुदोरहेनछ आशिष। मेरो कुराहरू यी नै हुन। तिमी अलिकति ढिला आइपुग्यौ मेरो जिन्दगीमा। किन कि म नवीन विना अरुको कल्पना सम्म गर्न नसक्ने भएकी छु त्यसैले मलाई माफ गरिदेउ यदि मैले कहिनेर तिम्रो दिल दुखाएको छु भने भन्दै आफ्नो कुरा ब्यक्त गरि”
हातको क्यापाचिनोको मग हेरे सकिसकेको रहेछ। मलाई बान्ता होला झै भो। ठोलो छागो बाट खसे झै भो। अघि भर्खर सम्म मच्चिएको मेरो पत्रे मुटु रोकिए झै भो। एकपटक उषालाइ शिर देखि खुट्टा सम्म नियाले। कम्ता राम्री देखिएकी थिनन र आफ्नो भाग्या लाई कोस्दै श्ररापे। अनि फेरि आफुलाइ सम्हाल्दै उषाको दुखेको मुटुमा मल्हम लगाउने प्रयत्न स्वरुप सोधे। तिमिलाइ साच्चै लाग्छ कि नवीन पनि तिमिलाइ तिमिले जत्तिकै माया गर्छ भनेर?
नगर्ने भे यत्रो बर्ष मेरो हरेक बोलावटमा मलाइ भेट्न किन आउथ्यो त? आफ्नो आमा बाबा लाई किन भेटाउथ्यो त? सुख दुःखका कुराहरु म सङ्ग किन साट्थ्यो त?
तेसो भए तिमी म सङ्ग के चाह्न्छ्यौ त ल भन?
अहिले भने निनाउरो भएको उषाको अनुहारमा केही आशाका किरणहरु देखे।
उषाले भनिन ” म चाहान्छु तिमी म सङ्ग केही दिन सङ्गै बस,सङ्गै हिड र सङ्गै केही दिन बिताउ एउटा असल साथी भएर”
किन र? अनि यो सबै गरेर के प्राप्त गर्न चाहन्छ्यौ त?
नवीन लाई जलाउन चाहान्छु नि छोटो जवाफ फर्काइन।
मैले कुरा बुझी हाले र भने “मलाई सोच्ने टाइम देउ त्यसो भे”
तिमी सङ्ग एक घण्टा छ मज्जाले सोच उषाले अलिक हतार गर्दै भनिन।
किन नि जम्मा एक घण्टा? प्रेम गर्ने तिमी, मुटु फुट्ने मेरो अनि फेरि पनि मलाई नै कम समय दिन्छ्यौ?
यदि तिमिले मेरो साथ दिएनौ भने सायद म नरहुला भन्दै गहभरी आशु निकालीन!
अहिले चाहिँ मलाई सार्है माया लागेर आयो उषाको।
र सोचे केही दिन सङ्गै भए पनि आफैले मन पराएको मान्छे सङ्ग समय बिताउन पाउने र सङ्ग सङ्गै मेरो कारणले उषाको भलो हुन्छ भने सङ्गै बस्दा के चाहिँ नराम्रो हुन्छ त!
मैले हुन्छ भने।
हुन्छ भनेको सुन्ने बित्तिकै उषाले मलाइ झ्याम्मै अङ्गालो हालिन र Thank you आशिष भनिन। उषाको सामिप्य सङ्गै उनी बाट तरङ्गित भएका खुस्बुले मलाइ जकडेरै छोड्यो। मैले पनि मेरा हातहरु कसिलो बनाउदै लगे।
एक छिन पछि उषा सम्हालिदै भनीन “एउटा सेल्फी लिउ न है” मैले हुन्छ भने र एउटा सेल्फी लिदै “फेसबुकमा” पोस्ट गर्दै स्टाटस चेन्ज गरिन “Selfie with bestie”….
क्रमश ……